मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |
मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |


‘भीम रावलको निष्कासन ओलीको निरंकुशता, हामी स्वागतमा आतुर छौं’

Ujyalosandeshonline 12441+ समाचार ( )
१३ पौष २०८१, शनिबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले श्रमिकको समस्या समाधान गर्न सडक र सदन दुबै मोर्चा आवश्यक रहेको बताएका छन् । 

शनिबार नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियन(नेष्टु)ले आयोजना गरेको कार्यक्रममा भुसालले वर्तमान केपी ओली सरकार मजदुरको पक्षभन्दा पनि माफिया वा दलालहरुको पक्षमा रहेको आरोप लगाए । 

पूर्वमन्त्रीसमेत रहेका भुसालले संविधानले मजदुरको टे«डयुनियन अधिकारसहित सम्पूर्ण सुरक्षाको प्रत्याभूति गरेको भएपनि त्यसको कार्यान्वयन नहुनु दुःखत भएको बताए । नेपाली राजनीतिमा गाणतन्त्र पूर्णरुपले कार्यान्वयन नहुँदा हरेक क्षेत्रमा बिचौलियाहरुको हालिमुहाली हुने अवस्था अएको बताउँदै भने,‘संविधानको भावना विपरित सरकारले नै माफियाको संरक्षण गर्दा श्रमजीवी वर्ग थप पीडित भएको र जाँतोमा पिसिएका छन् ।’

मजदुरहरुको हकहितको लागि बनेको कानुन विपरित आउटसोर्स प्रक्रियाबाट श्रमिक आपूर्ति गर्ने कार्यको भुसालले खेदपूर्ण रहेको बताउँदै भने,‘न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, श्रम कानुनले निर्दिष्ट गरेका सेवा सुविधालाई आउटसोर्सले बञ्चित गर्छ । यस्तो गर्नेलाई कारबाहीको दायरामा ल्याउनुर्पछ । भुसालले गणतन्त्र ल्याउन मुख्य भूमिका खेल्ने श्रमिक वर्गमाथि ओली सरकार निर्मम बनेको भन्दै आक्रोश व्यक्त गरे । अर्को प्रसंगमा भुसालले एमालेबाट भीम रावललाई निष्कासित गर्ने कार्य केपी ओलीको निरङ्कुशताको पराकाष्टा भएको बताए । 

चाकरी गर्ने ओलीका मित्र र पार्टीको नीति,विधि र पद्दतीमा हिंड्ने स्वाभीमानी नेता–कार्यकर्ता उनका दूष्मन हुने विषय नौलो नभएको बताउँदै भुसालले भने,‘भीम रावल एक राष्ट्रवादी र स्वाभिमानी नेता भएकाले ओलीले राजनीतिक प्रतिशोध साँधे ।’ भुसालले नेता रावललाई आफ्नो पार्टीमा स–सम्मान स्वागत गर्न तयार रहेको पनि बताए ।

पार्टीका उपमहासचिव मेटमणी चौधरीले नेपालका मजदुरको अधिकारका लागि आफूहरुले राष्ट्रिय सभा र प्रतिनिधी सभा दुबै सदनबाट सशक्तरुपमा आवाज उठाउने प्रतिबद्धता जाहेर गरे । चौधरीले विद्यमान श्रम ऐनमा भएको व्यवस्था बमोजिम सम्बन्धित निकायमा उजुरी गर्न जाँदासमेत श्रमिकले न्याय नपाउने विषय गम्भीर भएको पनि बताए ।

एकीकृत ट्रेड यूनियन महासंघ नेपालका अध्यक्ष विष्णु लम्सालले मजदुर विरोधी कानुन संशोधन गर्न मजदुरहरुलाई सडक आन्दोलनका लागि तयार रहन अपिल गरे ।

आयोजक नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियन(नेष्टु)का अध्यक्ष प्रेम बहादुर कार्कीले संविधानको भावना र मर्म विपरित श्रमिकहरुको श्रम शोषण भइरहेको बताए । उनले श्रमिक अपूतिकर्ता परिवर्तन भएपनि श्रमिकको रोजगार सम्बन्ध कायम रहनु पर्ने कानुनी व्यवस्था हुन पर्ने तथा न्यूनतम श्रम मापदण्ड कार्यान्वयनमा जोड दिनुपर्ने बताए । 

कार्कीले आउटसोर्सबाट ब्यापक शोषण भएकाले त्यसलाई इनसोर्समा रुपान्तरण गर्नुपर्ने बताउँदै भने,‘सार्वजनिक खरिद ऐन र श्रम ऐनमा रहेका मजदुर विरोधी ऐनका दफाहरु संशोधन हुनुपर्छ ।’

वरिष्ठ अधिवक्ता शंकर सुवेदीले जेटियूसीसी श्रमिकको अधिकार संरक्षक भन्दा पनि भ्रष्टाचारको अखडा भएको बताउँदै भने,‘त्यहाँ करोडौं राकम अपचलन गरेर बसेका सिण्डिकेटधारीहरुले राज्यको कुनै निकायमा पनि दर्तासमेत नगरी चलाएकाले त्यसबाट मजदुरको हित हुने कुरै भएन ।’

नेष्टुका महासचिव वेदप्रसाद हुमागाईले सञ्चालन गरेको कार्यक्रममा एकीकृत ट्रेड युनियन महासंघका उपाध्यक्ष सनिता थापा, सोही संगठनका महासचिव दिपक पौडेल, सचिव दिने घिमिरे, नेष्टुका उपाध्यक्ष उद्धव प्रसाद दाहालसहति विभिन्न श्रमिक संगठनका प्रतिनिधीको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार