मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

कम्युनिष्ट नेता ज्ञवालीको अभिनन्दन

Ujyalosandeshonline 11566+ समाचार ( )
२५ जेठ २०८१, शुक्रबार

काठमाडौं । कम्युनिष्ट नेता गोविन्दराज ज्ञवालीलाई अभिनन्दन गरिएको छ । बर्दियाको मधुस्थली प्रतिष्ठान मधुवनले शुक्रबार प्रज्ञा प्रतिष्ठानमा समारोह आयोजना गर्दै एमाले नेता ज्ञवालीलाई अभिनन्दन गरेको हो । 

ज्ञवाली २०४८ सालको निर्वाचनमा बर्दिया क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनी साहित्यकर्मी पनि हुन् । समारोहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र एमाले सांसद प्रदीप ज्ञवाली लगायतको उपस्थिति थियो । 

अभिनन्दन समारोहमा बोल्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेता ज्ञवालीले राष्ट्रिय मुद्दाहरु सबैलाई एकै ठाउँमा उभ्याउन गरेको भूमिका अविस्मरणीय रहेको बताइन । 

राष्ट्रिय मुद्दा र मुलुकलाई समस्या परेको बेला कम्युनिष्ट विचार र दर्शन बोकेका पार्टीहरुलाई मात्र नभई गैर कम्युनिष्टहरुलाई समेत एक ढिक्का भएर लागेको भन्दै ज्ञवालीको प्रशंसा गरिन् । 

उनले भनिन्, ‘राष्ट्रिय मुद्दाहरुमा सबैलाई कसरी एक ठाउँमा ल्याउन सकिन्छ भनेर उहाँले साहित्य र राजनीतिको माध्यमबाट खेलेको भूमिका अविस्मरणीय छ । एक त वैचारिक हिसाबले आफू कम्युनिष्ट विचारक भएका कारण, कम्युनिष्ट विचार र दर्शन भएका पार्टी र नेताहरुलाई एक ठाउँमा ल्याउनुभयो । देशलाई अप्ठ्यारो भएको बेला गैर कम्युनिष्टहरुलाई समेत एक ढिक्का भएर अगाडि बढ्न प्रेरित गर्नुभयो । आज यहाँ उभिएर उहाँलाई अभिनन्दन गर्न पाउँदा एकदम खुसी लागेको छ ।’

त्यस्तै पूर्वराष्ट्रपति भण्डारीले अग्रज र नयाँ पुस्ताबीच दुरी बढ्दै गइरहेको भन्दै अग्रज पुस्तालाई सम्मान गर्ने संस्कारको संरक्षण गर्नुपर्ने बताइन् ।  

‘अग्रज पुस्तलाई सम्मान गर्ने संस्कारको संरक्षण पनि गर्नुपर्दछ । अहिलेको अवस्थामा इतिहासको जानकारी र त्यसको निरन्तरता नलिँदाखेरि हाम्रो नवपुस्ता र अग्रज पुस्ताहरुबीच दुरी बढेको जस्तो देखिन्छ । हामीले प्रज्ञा प्रतिष्ठान लगायतका भवनहरुको पुरा सदुपयोग गरेर अग्रजपुस्ता र अहिलेको नयाँ पुस्ता बीचको दुरी घटाउनु पर्दछ,’ उनको भनाइ थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार