मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

कानुन मिचेर जथाभावी गरिएको सरुवा मान्य हुँदैन् : अध्यक्ष रेग्मी

Ujyalosandeshonline 12431+ समाचार ( )
१५ फाल्गुन २०८१, बिहीबार

काठमाडौं ।  लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले स्थानीय तहबाट नियुक्त भएका कर्मचारीहरु सामान्य प्रशासन मन्त्रालयबाटै सरुवा हुनु विल्कुलै गलत भएको बताएका छन् । विहीवार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले कुनै पालिकाले कुनै सन्दर्भमा नियुक्त गरेको कर्मचारी आफ्नो अनुकुल हुने ठाउँमा आफ्नो प्रभाव प्रयोग गरेर सरुवा हुन पाउने कुरा कुनै सिद्धान्तले नमिल्ने र गलत रहेको बताएका हुन् । 

उनले भने, ‘विभिन्न स्थानीय तहबाट नियुक्त भएका कर्मचारीहरु सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएर विभिन्न ठाउमा कार्यरत रहनुभएको छ । त्यो विल्कुलै गलत काम भइरहेको छ । त्यो कुनैपनि हालतमा मिल्दैन ।

एउटा पालिकाले कुनै सन्दर्भमा २०÷२५ वर्ष नियुक्त गरेको कर्मचारी त्यो पालिकाबाट अनुकुल हुने ठाउँमा आफ्नो प्रभाव प्रयोग गरेर चाहेको ठाउँमा सरुवा भएर काम गर्न पाउनुपर्छ भन्ने कुरा कुनै सिद्धान्तले, कुनै कानुनले वा नीतिले मिल्दैन । तर त्यो भइरहेको छ । त्यो सम्पूर्णरुपमा गलत छ । त्यसमा सुधार गर्नुपर्छ । उहाँहरु जहाँ नियुक्ति हुनुभएको छ त्यही जानुपर्छ ।’

उनले कानुन निर्माण गरेर सरुवा गरे जायज हुने भएकाले कानुनको अभावमा जथावाभी गरिएका सरुवा गलत हुने पनि बताए । बैठकमा लोक सेवा आयोगको ६५ औँ वार्षिक प्रतिवेदन माथि छलफल भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार