मुख्य समाचार
लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर |

नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार गर्न सरकार प्रतिबद्ध: प्रधानमन्त्री वालेन्द्र शाह

Ujyalosandeshonline 12435+ समाचार ( )
८ श्रावण २०८३, शुक्रबार

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि उद्यमी–व्यवसायीका जायज माग सम्बोधन गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज निर्यातजन्य उद्योग–व्यवसायमा आबद्ध सङ्घ–संस्थाका प्रतिनिधिसँग भएको छलफलमा उहाँले सो कुरा बताउनुभएको हो ।

छलफलका क्रममा गलैँचा निकासीकर्ताको माग बमोजिम अमेरिकामा परेको निर्यात समस्या समाधानका लागि परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक नोट पठाउन र कच्चा पदार्थ ऊनको ‘क्वरेन्टिन सर्टिफिकेसन’ हप्ताको दुई दिन मिलाउन प्रधानमन्त्रीले सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । 

यस्तै, सस्तो भन्सार दरमा भारततर्फ भइरहेको काठको कच्चा पदार्थ निर्यातलाई भन्सार शुल्क बढाएर निरुत्साहित गरिने र हिमाली क्षेत्रमा भेडापालनका लागि वन ऐन परिमार्जन गरिने आश्वासन उहाँले दिनुभयो । नेपाल प्लाइउड, गलैँचा, पश्मिना र डग च्यु उत्पादक सङ्घका अध्यक्षहरूले आ–आफ्ना क्षेत्रका समस्या र माग प्रस्तुत गर्नुभएको उक्त भेटमा प्रधानमन्त्री शाहले आन्तरिक उत्पादन प्रोत्साहन तथा निर्यात प्रवर्धनका लागि सरकारले आवश्यक सहयोग र नीतिगत सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार