मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

महिला पर्यटन व्यवसायी सञ्जालको अध्यक्षमा बराल

Ujyalosandeshonline 11564+ समाचार ( )
२८ मंगशिर २०८२, आइतबार

काठमाडौँ । महिला पर्यटन व्यवसायीहरुको संस्था महिला पर्यटन व्यवसायी सञ्जालको अध्यक्षमा जया बराल निर्वाचित हुनुभएको छ । सञ्जालको आज आयोजित चौथो साधारणसभा एवम् निर्वाचनबाट बरालको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरिएको हो । उक्त सञ्जालको उपाध्यक्षमा सर्मिला काफ्ले, सचिवमा सुस्मा तामाङ, कोषाध्यक्षमा अनुपा अधिकारी र सहकोषाध्यक्ष स्विटी मानन्धर निर्वाचित हुनुभएको छ । 

यस्तै, सदस्यहरुमा निरु अधिकारी, सुनिता गुरुङ, गिता शर्मा र लक्ष्मी कार्की निर्वाचित हुनुभएको सञ्जालका पूर्वकोषाध्यक्ष सकुन्तला देवकोटाले राससलाई जानकारी दिनुभयो । उक्त सञ्जालले पर्यटन क्षेत्रमा कार्यरत महिलालाई कर, भ्याटसम्बन्धी प्रशिक्षण कार्यक्रम, महिलाको क्षमता अभिवृद्धि तालिम, महिलालाई पर्यटनसँग जोड्नका लागि विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको छ ।

यस्तै सञ्जालले महिलालाई पर्यटनमार्फत आत्मनिर्भर बनाउने काम गरिरहेको छ । विस २०७८ मा स्थापना भएको उक्त सञ्जालमा हाल पर्यटन क्षेत्रमा क्रियाशिल झण्डै १०० महिला आवद्ध रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार