मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

देशको प्राकृतिक श्रोत आर्थिक बिकासमा जोड्न सुझाव

Ujyalosandeshonline 11564+ समाचार ( )
५ वैशाख २०८१, बुधवार

काठमाडौं । उर्जा जल श्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले देशमा उत्पादित प्राकृतिक श्रोतहरुलाई आर्थिक विकासमा जोड्न आवश्यक रहेको बताएका छन् । 

आज काठमाडौंमा आयोजित हरित हाइड्रोजन संवाद गो ग्रीन कार्यक्रममा उनले देशमा उत्पादित प्राकृतिक श्रोतहरुलाई आर्थिक विकासमा जोड्न सकेमा आर्थिक विकास र समृद्धिको सपना हासिल गर्न सकिने बताए । 

उनले भने,‘ हाम्रो देश जलश्रोतको धनी देश भनिरहेको छौं । हाम्रो प्राकृतिक श्रोतहरुको जुन उपलब्धता छ । यो उपलब्धताको दृष्टिबाट हेर्दा यी श्रोतहरुलाई हाम्रो आर्थिक विकासको यो अभियानमा व्यवस्थित ढङ्गले सदुपयोग गर्नका लागि र हाम्रो आर्थिक विकास र समृद्धिको सपना र आकांक्षालाई यथोचित ढङ्गले हासिल गरेर अगाडि बढ्न सकिन्छ ।’

मन्त्री बस्नेतले आज पनि देशमा पेट्रोलियम पदार्थ आयात गर्ने र भएका प्राकृतिक श्रोतहरुको समेत उपयोग गर्न नसकिनु दुखद कुरा भएको गुनासो गरे । आफूसँग उपलब्ध भएको श्रोतहरुको सही ढङ्गले उपयोग गर्न नसक्ने देशमा समृद्धिको यात्रामा प्रभाव पर्ने उनको भनाई छ । 

उनले भने, ‘आजको दिनमा पनि हामी पेट्रोलियम पदार्थ आयात गरिरहेका छौं । हामीसँग भएका प्राकृतिक श्रोतहरु जे छन् त्यसको उपयोग गर्न सकिरहेको छैनौं । जुन देशले आफूसँग उपलब्ध भएको श्रोतहरुको सहि ढङ्गले उपयोग गर्न सक्दैन । त्यो देशमा समृद्धिको यात्रामा कहिँ न कहिँ प्रभाव र असर परिराखेकै हुन्छ ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार