मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

एमाले धनुषा अधिवेशनमा झडप, अवस्था तनावग्रस्त

Ujyalosandeshonline 11564+ समाचार ( )
२३ वैशाख २०८२, मङ्गलबार

जनकपुर । जनकपुरधाममा जारी नेकपा एमालेको धनुषाको आठौं जिल्ला अधिवेशन स्थलमा दुई पक्षबीच झडप हुँदा अवस्था तनावग्रस्त भएको छ । निर्वाचन हुने भनिएको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको हल र परिषरमा अहिले पनि दुबै पक्षबीच झडप भएको हो । 

ढुङा हानाहानका साथै कुर्सी, पंडाल, रुखका हाँगालगायत प्राङ्गणमा भएका वस्तुहरुमा तोडफोड र हानाहान भएको हो । झडपमा केही स्थानीय नेता कार्यकर्ता घाइते समेत भएका छन् । उनीहरुको विवरण आउन बाँकी छ । अधिवेशनमा अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा कुर्सी हानाहान सुरु भएको थियो । त्यसपछि विवादले अहिले उग्र रुप लिएको छ ।

गत २० वैशाखदेखि सुरु भएको अधिवेशनमा सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने निर्णय भएको थियो । सोमबार राति नै मनोनयन दर्ता भएकोमा उम्मेदवारको अन्तिम नामावलीमा नाम थपघट देखिएपछि विवाद सुरु भएको थियो ।

आज बिहान साढे ८ बजेदेखि नै मतदान हुने समय निर्वाचन समितिले तोकेकोमा अहलेसम्म मतदान सुरु हुन सकेको छैन भने असन्तुष्ट पक्षहरुबीच मतदानस्थलमा झडप भइरहेको छ । सुरक्षाकर्मीले स्थित नियन्त्रणमा लिने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार