मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

अर्घाखाँची हत्याकाण्ड: सुमित्राको शव भान्साकोठामा गाडेको अवस्थामा फेला

अनिल नेपाली 141+ समाचार ( )
१७ भाद्र २०८२, मङ्गलबार

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा श्रीमान्द्वारा श्रीमतीको हत्या गरी गाडेको अवस्थामा एक महिलाको शव फेला परेको छ।

प्युठानको नौबहिनी गाउँपालिका स्थायी वतन भई विगत ८ वर्षदेखि अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं. ०४ पातलेपोखरामा बस्दै आएका ३६ वर्षीय किरण गुरुङले आफ्नी श्रीमती ३४ वर्षीया सुमित्रा कुमाल गुरुङको हत्या गरेको प्रहरीले जनाएको छ।

चार/पाँच दिनदेखि सुमित्रालाई नदेखेपछि छरछिमेक र माइती पक्षले खोजतलासका लागि प्रहरी चौकी बल्कोटमा जानकारी गराएका थिए। अनुसन्धानका क्रममा प्रहरीले २०८२ भदौ १६ गते राति सुमित्राको शव आफ्नै घरको भान्साकोठामा खाडल खनी गाडिएको अवस्थामा फेला पारेको हो।

प्रहरीका अनुसार, भदौ १२ गते राति करिब १२ बजे श्रीमान् श्रीमतीबीच सामान्य विवाद हुँदा किरण गुरुङले बाँसको लाठी र हँसियाको पछाडिको भागले सुमित्रालाई शरीरका विभिन्न भागमा प्रहार गरी हत्या गरेका थिए। हत्यापश्चात उनले शवलाई कम्बलमा पोको पारी भान्साकोठामा गाडेको अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका किरण गुरुङलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ। जिल्ला प्रहरी कार्यालय प्रमुख एवम् डिएसपी चक्र बहादुर मल्लाका अनुसार, घटनाको समयमा किरण गुरुङले मादक पदार्थ सेवन गरेको पाइएको छ।

यो किरण र सुमित्रा दुवैको दोस्रो विवाह थियो र उनीहरूको ९ वर्षकी एउटी छोरी छिन्। किरणकी पूर्वपत्नीबाट २ छोरी र सुमित्राका पूर्व श्रीमानबाट ३ छोरी रहेको पनि अनुसन्धानबाट खुल्न आएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार