मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

ल्होसार पर्व मनाउने प्रक्रिया हेर्दा एक दिन सरकारी बिदा पर्याप्त छैन् : मुख्य मन्त्री लामा

Ujyalosandeshonline 12431+ समाचार ( )
१७ माघ २०८१, बिहीबार

काठमाडौं । बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामाले ल्होसार पर्वको मौलिक प्रकृति र मनाउने प्रक्रिया हेर्दा एक दिन सरकारी बिदा पर्याप्त नरहेको बताएका छन् । बिहीबार सोनाम ल्होसारको अवसरमा काठमाडौंको टुँडीखेलमा आयोजित कार्यक्रममा बोल्दै उनले ल्होसार टुँडीखेलमा महोत्सव गरेर मनाईँने पर्व मात्र नभएको भन्दै ल्होसार हरेक तामाङ समुदायले घर –घरमा विधि अनुसार मनाउनु पर्ने बताए । 

उनले भने, ‘ल्होसार पर्वको मौलिक प्रकृति र मनाउने प्रकृया हेर्दा आज जे गरिरहेका छौं सहि नै भयो भन्ने मलाई लाग्दैन् । ल्होसार मनाउने सबै प्रकृया पूरा गर्नको लागि एक दिन सरकारी बिदा पर्याप्त छैन् । ल्होसार टुँडीखेलमा महोत्सव गरेर मनाईँने पर्व मात्र पनि होईन् । जबसम्म प्रत्येक तामाङ समुदायको घर –घरमा विधि अनुसार माईँदैन् तबसम्म साँचो अर्थमा तामाङ जातिको संस्कृति पहिचानको जगेर्ना हुँदैन् ।’

त्यस्तै उनले अहिले तामाङ समुदाय संस्कृति पुनजागरणको चरणबाट गुज्रिरहेको बताए । एक जाति एक भाषा एक भेषाको सरकारी नीतिको कारण मौलिक संस्कार र संस्कृति लोप भएको भन्दै उक्त संस्कार र संस्कृतिको खोज अन्वेषण र अवलम्बन गर्ने कार्य भइरहेको उनले जानकारी दिए । 

उनले भने, ‘यतिबेला तामाङ समुदाय संस्कृति पुनजागरणको चरणमा गुज्रिरहेको छ । हिजो एक जाति एक भाषा एक भेषाको सरकारी नीतिको कारण हाम्रा मौलिक संस्कार र संस्कृति लोप हुन पुगे । यसरी लोप भएको संस्कार र संस्कृतिको खोज अन्वेषण र अवलम्बन गर्ने कार्य गरेका छौं ।’

मुख्यमन्त्री लामाले ल्होसारलाई सार्वजनिक महत्व र कार्यक्रम भन्दा पनि घरभित्रको पर्वको रुपमा स्थापित गर्नुपर्ने बताए । विश्वव्यापीकरण र आधुनिकीकरणले नेपालको संस्कृतिमाथि प्रहार भइहरको बताउँदै उनले ल्होसार लगायत मौलिक संस्कार संस्कृतिको जगेर्ना गर्न सरकार र नागरिक स्तरबाट ऐकेबद्धताको प्रयास गर्न आवश्यक रहेको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार