मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

पत्रकार रबिन्द्र प्रताप गुप्ता लुम्बिनी विश्व शान्ति मञ्चद्वारा सम्मानित

Ujyalosandeshonline 11564+ समाचार ( )
२२ माघ २०८२, बुधवार

भैरहवा । लुम्बिनी विश्व शान्ति मञ्चले विश्व सिमसार दिवसको अवसरमा पत्रकार रबिन्द्र प्रताप गुप्तालाई सम्मान गरेको छ । पत्रकारिताको माध्यमबाट वातावरणीय सचेतनाको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै मञ्चले लुम्बिनीमा आयोजित एक कार्यक्रमका बीच गुप्तालाई नगद १० हजार ५ रुपैयाँ र सम्मान–पत्रसहित सम्मान गरेको हो । विगत एक दशकदेखि पत्रकारितामा सक्रिय गुप्ता खबरपात्रो डटकम, बुद्ध सामुदायिक टेलिभिजन, प्राइम टेलिभिजन र राष्ट्रिय समाचार समिति (रासस) लगायत विभिन्न पत्रकारजन्य संस्थाहरूमा आबद्ध हुनुहुन्छ ।

कार्यक्रममा पत्रकार गुप्ताका साथै संगीतकार महेश ज्ञवाली, चित्रकलाकर्मी नरबहादुर विश्वकर्मा र होटल व्यवसायी लिलामणि शर्मालाई पनि सम्मान गरिएको थियो । सोही अवसरमा मञ्चले लुम्बिनी आधारभूत विद्यालयका १० जना विद्यार्थीलाई जनही ५ हजारका दरले छात्रवृत्ति र विद्यालयलाई १० हजार गरी कुल ६० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

मञ्चका अध्यक्ष बासु गौतमका अनुसार दिवसको अवसरमा विद्यालय परिसर तथा अन्य स्थानमा गरी २५० भन्दा बढी बिरुवा समेत रोपिएको छ । कार्यक्रममा उपस्थित राजकीय बौद्ध विहारका प्रमुख सागर धम्म, सन नेपाल लाईफ इन्स्योरेन्सका सीईओ राजकुमार अर्याल लगायतका वक्ताहरूले पानीका स्रोत र सिमसार क्षेत्रको संरक्षण गर्दै वातावरण जोगाउनुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार