मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

लागुऔषध इन्जेक्सनको एम्पुल सहित युवक पक्राउ

Ujyalosandeshonline 11171+ समाचार ( )
१४ असार २०८२, शनिबार

रौतहट । रौतहट प्रहरीले गौरबाट लागुऔषध इन्जेक्सनको एम्पुल सहित एक युवकलाई पक्राउ गरेको छ । गौर नगरपालिका–१ स्थित भन्सार कार्यालय नजिकको सडकमा भन्सार सुरक्षा गार्डबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा प्रतिबन्धित लागुऔषध सहित युवकलाई पक्राउ गरेको हो । 

स्याङ्गजा जिल्ला हरिबास गाउँपालिका–४ का ३१ बर्षीय निलकुमार थापा मगरलाई प्रतिबन्धित लागु औषधको इन्जेक्सनको एम्पुल सहित पक्राउ गरिएको रौतहट प्रहरीकाडीएसपी दीपककुमार रायले जानकारी दिए । 

उनका अनुसार नुफिन ५० एम्पुल, सेरेजेक ५० एम्पुल र फेनारगन ५० एम्पुल गरी जम्मा १ सय ५० एम्पुल लागुऔषध तथा एउटा मोबाइल फोन बरामद गरिएको छ । भारतको बैरगनिया बजारबाट नेपाल आउँदै गरेको अवस्थामा पक्राउ परेका थापा मगरको साथबाट लागुऔषध फेला परेको उनले जानकारी दिए ।

उनलाई लागुऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार