मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

भुमिकास्थानका बासिन्दालाई रुपन्देहीमा निःशुल्क रगत उपलब्ध हुने

Ujyalosandeshonline 12437+ समाचार ( )
२ पौष २०८२, बुधवार

रुपन्देही । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका र नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाबीच नगरवासीलाई निःशुल्क रगत तथा रक्ततत्व उपलब्ध गराउने सम्झौता भैरहवामा सम्पन्न भएको छ। सम्झौता पत्रमा नगरपालिकाका तर्फबाट नगर प्रमुख झबिलाल थापा र रेडक्रस सोसाइटी रुपन्देहीका सभापति रामचन्द्र उपाध्यायले हस्ताक्षर गर्नुभएको छ ।

यो सम्झौतासँगै अब भुमिकास्थानका बासिन्दाले परिचय खुल्ने सरकारी कागजात पेश गरी रेडक्रसको रुपन्देहीस्थित रक्तसञ्चार सेवा केन्द्रबाट निःशुल्क रगत प्राप्त गर्न सक्नेछन् । नगरपालिकाले आफ्ना नागरिकको सहजताका लागि प्रति युनिट ९५० रुपैयाँ सेवा शुल्क रेडक्रसलाई भुक्तानी गर्नेछ भने अग्रिम रूपमा एक लाख रुपैयाँ जम्मा गर्ने व्यवस्था मिलाएको छ । आकस्मिक अवस्थामा कागजात नहुँदा शुल्क तिरे पनि २४ घण्टाभित्र कागजात पेश गरेमा सो रकम फिर्ता हुने प्रावधान राखिएको छ।

नगर प्रमुख थापाले रगत अभावमा कोही पनि उपचारबाट वञ्चित नहुन् भन्ने उद्देश्यले यो सम्झौता गरिएको बताउनुभयो। २०८३ साल मसान्तसम्म लागू हुने यो सम्झौता अनुसार नगरपालिकाले वर्षमा दुई पटक रक्तदान कार्यक्रम समेत आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार