मुख्य समाचार
ओमसतियामा बजार अनुगमन तीव्र: कुहिएको मासु बेच्नेलाई ७ दिने अल्टिमेटम, नियम मिचे कडा कारबाही हुने | लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकः यि हुन निर्णय | मर्चवारमा महिलाको हत्या र सुन लुटपाटमा संलग्न चार जना पक्राउ | ओमसतिया गाउँपालिकाद्वारा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री जफत | सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रमा कडाइ: ७ महिनामा १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामग्री बरामद | मदिरा व्यवसायी संघ भैरहवाद्वारा स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग | मर्चवारमा महिलाको हत्यामा संलग्न रहेको आरोपमा चार जना पक्राउ | वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न |

ओमसतियामा बजार अनुगमन तीव्र: कुहिएको मासु बेच्नेलाई ७ दिने अल्टिमेटम, नियम मिचे कडा कारबाही हुने

Ujyalosandeshonline 12620+ समाचार ( )
१८ कार्तिक २०८३, मङ्गलबार

भैरहवा । चाडपर्व नजिकिँदै जाँदा उपभोक्ताको स्वास्थ्य र हितलाई सर्वोपरि राख्दै रूपन्देहीको ओमसतिया गाउँपालिकाले बजार अनुगमनलाई तीब्रता दिएको छ। यसैक्रममा अभियानको दोस्रो दिन आज वडा नं. ४ मा गरिएको विशेष अनुगमनका क्रममा करिब २७ वटा व्यावसायिक प्रतिष्ठानहरूको कडा छानबिन गरिएको छ।

चाडपर्वका बेला बजारमा हुन सक्ने कालोबजारी, कृत्रिम अभाव र अखाद्य वस्तुको बिक्रीवितरण रोक्ने उद्देश्यले गरिएको यस अनुगमनमा किराना, औषधि तथा मासु पसलहरूलाई मुख्य रूपमा लक्षित गरिएको थियो। अनुगमनका दौरान पसलहरूको वैधानिक दर्ता, बिक्री भइरहेका वस्तुहरूको उपभोग्य मितिको गम्भीरतापूर्वक छानबिन गरिएको गाउँपालिकाकी वरिष्ठ प्रशासकीय अधिकृत अमृता पाण्डेयले जानकारी दिनुभयो। निरीक्षणका क्रममा म्याद गुज्रेका तथा उपभोगका लागि अयोग्य ठहरिएका अखाद्य सामग्रीहरू कानुनी प्रक्रिया पुर्‍याई मुचुल्का उठाइ जफत गर्नुका साथै स्थानीय जनप्रतिनिधि र अधिकारीहरूको उपस्थितिमा नष्ट गरिएको छ।

विशेष गरी बालापुरस्थित एक मासु पसलबाट बिक्रीका लागि राखिएको अवस्थामा कुहिएको मासु समेत बरामद गरी नष्ट गरिएको छ। जनस्वास्थ्यमा खेलबाड गर्ने त्यस्ता व्यवसायीहरूलाई पहिलो चरणको सचेततास्वरूप कडा चेतावनी दिँदै आगामी ७ दिनभित्र अनिवार्य रूपमा कानुनबमोजिम दर्ता प्रक्रियामा आउन निर्देशन गरिएको छ। साथै, हालसम्म दर्ता नभएका र सूचीकृत नभएका सम्पूर्ण व्यवसायहरूलाई निश्चित समयसीमाभित्र अनिवार्य रूपमा सूचीकरण हुन र प्रचलित नियमको पालना गर्न आग्रह गरिएको छ। नियम विपरीत पाइएमा आगामी दिनमा अझ कडा कानुनी कारबाही गरिने चेतावनी समेत गाउँपालिकाले दिएको छ।

उपभोक्ताहित संरक्षणका लागि चालिएको यस अनुगमन अभियानमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसाल, उपाध्यक्ष सुनिता चौधरी, वडा नं. ४ का वडाअध्यक्ष अखिलेश्वर कुमार पाण्डेय लगायत विभिन्न शाखा प्रमुखहरूको सहभागिता रहेको थियो। गाउँपालिकाको यसप्रकारको सक्रिय र जिम्मेवार कदमले स्थानीय उपभोक्ताहरूमा बजारको गुणस्तरप्रति विश्वास बढ्नुका साथै चाडपर्वको समयमा हुन सक्ने स्वास्थ्य जोखिम कम हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार