भैरहवा । मदिरा व्यवसायी संघ भैरहवा, रूपन्देहीले आफ्नो स्थापना दिवसको अवसरमा ओमसतिया–४ बालापुरस्थित श्री सत्य साई वृद्ध सेवा आश्रमलाई खाद्यान्न सामग्री सहयोग गरेको छ। सोमबार आयोजित एक कार्यक्रमका बीच संघले हाल १४ जना वृद्धवृद्धा आश्रित सो आश्रमलाई एक महिना पुग्ने खाद्यान्न हस्तान्तरण गरेको हो।
संघका अध्यक्ष यादव पोख्रेल, संस्थापक अध्यक्ष केशवराज ज्ञवाली र वरिष्ठ उपाध्यक्ष भागिरथ पाण्डे लगायतका वक्ताहरूले संस्थाले वि.सं. २०७७ देखि नै व्यावसायिक हितसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताउनुभयो। आश्रमकी अध्यक्ष माया खरेलले प्राप्त सहयोगप्रति आभार व्यक्त गर्नुभएको थियो।