मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |
मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

महालेखाको ६२ औँ वार्षिक प्रतिवेदन
अर्घाखाँचीमा बेरूजु घट्दो

अनिल नेपाली 141+ समाचार ( )
२ जेठ २०८२, बिहीबार

अर्घाखाँची । अर्घाखाँची जिल्लामा आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/०८१ मा मा बेरुजु घटेको छ  । महालेखाले सार्वजनिक गरेको ६२ औँ वार्षिक प्रतिवेदन अनुसार अर्घाखाँचीमा बेरुजु घटेको देखिएको हो । महालेखापरीक्षकको कार्यालयको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार अर्घाखाँचीमा १० करोड ३२ लाख, ८ हजार रुपैयाँ बेरुजु देखिएको थियो भने ६२ औँ वार्षिक प्रतिवेदन अनुसार अर्घाखाँचीमा ५ करोड १ लाख २३ हजार बेरुजु देखिएको हो । यो रकम गत वर्षको तुलनामा ५ करोड ३० लाख ८५ हजार रुपैयाँले कमी हो ।

३ नगरपालिका र ३ गाउँपालिका गरी ६ स्थानीय तह रहेको अर्घाखाँचीमा जम्मा १० अर्ब ६ करोड ४० लाख १७ हजार रुपैयाँको लेखा परिक्षण गर्दा १५ करोड १ लाख २३ हजार रुपैयाँ बेरुजु देखिएको हो । 

पाणिनि गाउँपालिका

पाणिनि गाउँपालिकामा गत आर्थिक वर्षमा १ अर्ब ६८ करोड ५० लाख २५ हजार रुपैयाँको लेखा परिक्षण गर्दा ०.६१ प्रतिशत अर्थात १ करोड तीन लाख ६ हजार रुपैयाँ बेरुजु रहेको थियो । ६२ औँ प्रतिवेदन अनुसार पाणिनि गाउँपालिकाको १ अर्ब ४४ करोड ५० लाख ४८ हजार रुपैयाँको लेखा परिक्षण गर्दा ०.११ प्रतिशत अर्थात १५ लाख ३५ हजार रुपैयाँ बेरुजु देखिएको हो । ।

छत्रदेव गाउँपालिका

छत्रदेव गाउँपालिकामा १ अर्ब ३८ करोड ९६ लाख ८४ हजार रुपैयाँको लेखा परिक्षण गर्दा ५१ लाख ४५ हजार रुपैयाँ अर्थात ०.३७ प्रतिशत बेरुजु देखिएको हो ।

मालारानी गाउँपालिका

मालारानी गाउँपालिकामा १ अर्ब ५२ करोड ५६ लाख ३७ हजारको लेखा परिक्षण गर्दा १ करोड ७ लाख ९६ हजार रुपैयाँ अर्थात ०.७१ प्रतिशत बेरुजु देखिएको हो ।

सन्धिखर्क नगरपालिका

सन्धिखर्क नगरपालिकामा २ अर्ब १२ करोड ३१ लाख ९९ हजारको लेखा परिक्षण गर्दा १ करोड ९२ लाख ७९ हजार रुपैयाँ अर्थात ०.९१ प्रतिशत बेरुजु देखिएको हो । गतवर्ष सन्धिखर्कमा ९५ लाख ७३ हजार रुपैयाँ बेरुजु देखिएको थियो ।

भूमिकास्थान नगरपालिका

भूमिकास्थान नगरपालिकामा १ अर्ब ६५ करोड ७० लाख लाख २५ हजारको लेखा परिक्षण गर्दा ३१ लाख ११ हजार रुपैयाँ अर्थात ०.१९ प्रतिशत बेरुजु देखिएको हो ।

शितगंगा नगरपालिका

देशकै ठुलो नगरपालिका शितगंगा नगरपालिकामा १ अर्ब ९२ करोड ३४ लाख २४ हजारको लेखा परिक्षण गर्दा १ करोड २ लाख ५७ हजार रुपैयाँ अर्थात ०.५३ प्रतिशत बेरुजु देखिएको हो ।

प्रचलित कानुनबमोजिम पुर्‍याउनु पर्ने रीत नपुर्‍याइ कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको वा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको तथ्य तथा तथ्याङ्कलाई बेरुजुका रुपमा परिभाषित गरिएको छ ।

बजेट र योजना कार्यान्वयन, राजस्व प्रशासन, सार्वजनिक सम्पत्ति व्यवस्थापन, संस्थान सञ्चालन तथा व्यवस्थापन, लेखाङ्कन प्रतिवेदन तथा आन्तरिक नियन्त्रण, लेखापरीक्षण तथा नियमन, वित्तीय सङ्घीयता कार्यान्वयन र सार्वजनिक सेवा प्रवाहमा जिम्मेबार व्यक्ति तथा संस्थाले जबाफदेहीता बोध नगर्ने र उक्त अनुशासनमा नरही लापरवाही तरिकाले कार्य सम्पादन तथा रकम परिचालन गर्दा बेरुजु बढ्ने महालेखा परीक्षकको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार