मुख्य समाचार
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान |

मकवानपुरका किसान ‘ड्रागन फ्रुट’ खेतीमा आकर्षित

Ujyalosandeshonline 12675+ समाचार ( )
३० कार्तिक २०८१, शुक्रबार

हेटौंडा । वर्षमा दुई पटक फल दिने र खेती गर्न पनि सहज हुने भएकाले पछिल्लो समय ममकवानपुर जिल्लाका केही पालिकाका किसान ‘ड्रागन फ्रुट’ खेतीतर्फ आकर्षित भएका छन्।

सुख्खा ठाउँमा खेती गर्न सकिने, खेती गरिएको जमिनभित्र अग्ला नहुने विभिन्न जातका फलफूल, अदुवा बेसार, लसुन प्याजलगायत सागसब्जी पनि उत्पादन गर्न सकिने भएकाले दोहोरो फाइदा हुने देखेपछि मकवानपुरका किसान ड्रागन फ्रुटखेतीतर्फ आकर्षित भएका हुन्।

बिशेषगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका र मकवानपुरगढी गाउँपालिकामा ‘ड्रागन फ्रुट’ खेतीमा किसानको आकर्षण धेरै छ । खेत भभाडामा लिएर समेत यसको खेती गर्न थालेका छन् ।

मकवानपुरगढी गाउँपालिकाको धादिङ, ज्यामिरे, डुम्रेकुना लगायतका क्षेत्र, हेटौंडा उपमहानगरपालिकाको पदमपोखरी, हटिया लगायतका क्षेत्रमा यसको खेती गर्ने किसानहरु बढेका छन् ।

पहिला ड्रागनका फाइदासहित यसकाबारेमा जानकारी नहुँदा खेतीप्रति आकर्षण नभएको बताउँदै पछिल्लो समय सामाजिक सञ्जाल युट्युब हेरेर जानकारी पाएपछि व्यावसायिक खेती विस्तार गर्नेहरु बढेका छन् ।

“सुरुमा खेती गर्दा गाउँलेले ‘यो सिउँडी जस्तो के खेती गरेको ?’भनेर आलोचना पनि गर्नुभयो। पहिलो उत्पादन गाउँलेलाई चखाएपछि उहाँहरूले पनि खेतीप्रति चासो देखाउन थालेको मकवानपुरगढी ५ ज्यामिरेका नबराज हुमागाईले बताए । अहिले हेटौंडा बजारमा ‘ड्रागन फ्रुट’को माग पनि निकै बढेको बताए ।

वर्षमा दुई पटक उत्पादन दिने यो फल स्वादिलो हुनुका साथै पर्याप्त पौष्टिक तत्त्व पनि पाइने भएकाले अन्तर्राष्ट्रिय बजारबाट यसको माग बढी आउने गरेको छ । अहिले स्थानीय क्षेत्रमा पनि यसको माग पहिलेको तुलनामा बढेको किसानहरु बताउँछन् । यो फल बिरामीका लागि उपयुक्त हुने चिकित्सकहरूले बताएका भन्दै प्रशस्त उत्पादन भए बजारीकरणको समस्या आउँदैन।

यो फल एक पटक लगाइसकेपछि ५०औँ वर्षसम्म ढुक्क हुने र यसलाई धेरै मेहनत नगरीकन आम्दानी लिन सकिने भएकाले आफू खेतीतर्फ आकर्षित भएको किसानहरु बताउँछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार