मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

‘अलबिदा’ लेख्ने डाक्टरले गृहमन्त्री लेखकलाई सुनाए आफ्ना समस्या

Ujyalosandeshonline 12431+ समाचार ( )
३ असार २०८२, मङ्गलबार

काठमाडौँ । रामेछाप अस्पतालमा कार्यरत डा.केशव श्रेष्ठले  गृहमन्त्री रमेश लेखकलाई भेटेका छन् ।  मंगलबार बिहानै डाक्टर श्रेष्ठले परिवारसहित गएर मन्त्री लेखकलाई मन्त्रीक्वार्टर भैँसेपाटीमा भेट गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटका क्रममा उनले आफूलाई कार्यक्षेत्रमा भएको सहयोगबारे गुनासो पोखेका थिए । सो क्रममा गृहमन्त्रीले जस्तोसुकै असहज अवस्थाको पनि सामना गरेर अघि बढ्न सुझाव दिँदै आत्मबल बलियो बनाएर अघि बढ्न सुझाव दिएका थिए । 

डाक्टर श्रेष्ठले आफ्ना समस्याहरुका बारेमा गृहमन्त्रालयले चासो राखिदिएकोमा  धन्यवाद ज्ञापन गरेका थिए । उनले स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेर काम गरिरहेका  श्रेष्ठ प्रशासनिक अन्याय, मनोवैज्ञानिक दबाब र झुटा आरोपका कारण आफू आत्महत्या गर्न लागेको भन्दै सोमबार बिहानदेखि सम्पर्कविहीन भएका थिए ।

सोमबार सामाजिक संजालमा अलबिदा लेखेर सम्पर्कविहीन भएका उनलाई गृहमन्त्रालयको बिज्ञको टोली र प्रहरीले बालाजु क्षेत्रबाट उद्धार गरेर परिवारको जिम्मा लगाएको थियो । दुई वर्षभन्दा बढी समय रामेछाप जिल्ला अस्पतालमा काम गरेका उनी जेठ अन्तिम साता हेटौँडा सरुवा भएका थिए । डाक्टर श्रेष्ठले  आफूमाथि अमानवीय व्यवहार र अन्याय गरिएको निकै लामो पोस्ट फेसबुकमार्फत बाहिर ल्याएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार