मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

नागरिक प्रहरी सहकार्य बलियो बनाउन ‘हाम्रो प्रहरी’ कार्यक्रम

Ujyalosandeshonline 12441+ समाचार ( )
८ पौष २०८२, मङ्गलबार

काठमाडौँ । नागरिक र प्रहरीबीचको सम्बन्धलाई थप बलियो बनाउन ‘हाम्रो प्रहरी’ कार्यक्रम सुरु गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले समुदाय र नागरिकबीचको सम्बन्ध र सहकार्यलाई बलियो बनाउन आजदेखि उक्त कार्यक्रम सुरु गरेको हो । परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले नागरिक र प्रहरीबीचको सम्बन्धलाई मजबुत बनाई अपराध नियन्त्रण तथा अनुसन्धान, नागरिकको सुरक्षा, विपद् उद्दार, सामाजिक सद्भाव र अमन चयनका लागि सामूहिक ऐक्यबद्धता कायम गर्न उक्त कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो ।

उक्त कार्यक्रम प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप बलियो बनाउन मद्दत पुग्ने परिसर प्रमुख थापाले बताउनुभयो । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भत्किएका प्रहरी कार्यालयहरू नागरिकको सहकार्यमा पुनर्निर्माण भएसँगै हाम्रो प्रहरी भन्ने भावना नागरिकमा विकास हुँदै गएको छ । काठमाडौँ प्रहरीले आफू मातहतका हरेक कार्यालयमार्फत टोल, समाज र विद्यालयमा पुगेर हाम्रो प्रहरी कार्यक्रम सञ्चालन गर्नेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार