मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

असुरक्षा बढेको भन्दै सिरहाका उद्योगी–व्यवसायी चिन्तित

रासस 695+ समाचार ( )
३० कार्तिक २०८२, आइतबार

सिरहा । बारम्बार हुने आन्दोलन, कमजोर बजार अवस्था र प्रशासनिक झन्झटका कारण सिरहाका उद्योगी–व्यवसायी चिन्तित बनेका छन् । जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहा, लहानले आज यहाँ आयोजना गरेको स्वागत, सम्मान तथा अन्तरक्रिया कार्यक्रममा उद्योगी–व्यवसायीहरूले समस्या समाधानका लागि सरोकार भएकाहरूको ध्यानाकर्षण गराएका हुन् । 

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसहित चारै सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा भएको कार्यक्रममा सङ्घका अध्यक्ष विकास सारडाले निजी क्षेत्रको मनोबल उठाउने वातावरण निर्माण गर्न राज्य गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । “कोभिड–१९ महामारी, आर्थिक मन्दी, ‘जेनजी’ प्रदर्शन र वर्षालगायत विपत्तिले पु¥याएको क्षतिका घटनाले निजी क्षेत्र समस्यामा छ । ऋण गरेर लगानी गर्ने, तर रोजगारी सिर्जना गर्ने निजी क्षेत्रमाथि आक्रमण गर्ने कामले देशको आर्थिक भविष्य नै जोखिममा पारेको छ”, उहाँले भन्नुभयो ।  

अध्यक्ष सारडाले बैङ्कको कडा कर्जा नीति, बजार चलायमान नहुनु र सीमापारि नेपाली ग्राहकको आकर्षण बढ्नु आन्तरिक बजारका लागि चुनौतीका रूपमा रहेको बताउनुभयो । सङ्घका निवर्तमान अध्यक्ष अशोकलाल अमात्य, सुखीपुर उद्योग व्यापार समितिका अध्यक्ष सुरज, होटल तथा पर्यटन व्यवसायी सङ्घ सिरहाका अध्यक्ष रामकुमार गुप्ताले आफ्ना गुनासा राख्नुभयो । 

लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले व्यापारीमाथि परेको समस्या समाधान गर्न आफूहरूले गर्नुपर्ने सहजीकरणका लागि तयार रहेको बताउनुभयो । सबै पक्ष मिलेर सामूहिक भावनासहित अघि बढे मात्र समस्याको दीर्घकालीन समाधान सम्भव हुने उहाँको भनाइ थियो । 

प्रमुख जिल्ला अधिकारी पौडेलले अर्थतन्त्र सुदृढीकरणमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण भएको बताउँदै सुरक्षित र स्थिर वातावरण निर्माण गर्न प्रशासन प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले शान्तिसुरक्षा राज्य मात्र नभई नागरिक समाज र समुदायको समेत जिम्मेवारी भएकाले सहकार्यको माध्यमबाट समस्या समाधान गर्न लाग्नुपर्ने धारणा राख्नुभयो।  

प्रजिअ पौडेलले राजमार्ग क्षेत्रमा रात्रिकालीन होटल व्यवसाय २४ घण्टा सञ्चालन गर्न अनुमति दिइने, अन्य व्यवसाय राति ९ः०० बजेसम्म सञ्चालन गर्न सकिने तथा ब्लकको जग्गा फुकुवासम्बन्धी प्रक्रिया द्रूत गतिमा अघि बढाइएको जानकारी दिनुभयो । खुला सीमाबाट लुकीछिपी सामान भित्र्याई व्यवसाय नगर्न पनि उहाँले व्यवसायीलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार