मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

छैटौैँ कटारी गोल्डकपः सिक्किमलाई हराउँदै कटारीको विजयी सुरुआत

Ujyalosandeshonline 11540+ समाचार ( )
२९ चैत्र २०८२, आइतबार

कटारी (उदयपुर) । कटारीमा शनिबारदेखि सुरु भएको छैटौँ कटारी अन्तरराष्ट्रिय आमन्त्रित मेयर गोल्डकप फुटबल प्रतियोगितामा आयोजक कटारी–११ ले विजयी सुरुआत गरेको छ । शनिबार भएको उद्घाटन खेलमा भारतको रिभर दी स्पोर्टिङ क्लब सिक्किमलाई २–० गोलअन्तरले पराजित गर्दै आयोजक कटारीले विजयी सुरुआत गरेको हो ।

खेलमा कटारीका लागि पहिलो हाफको सात मिनेटमा निराजन सुनुवारले गोल गर्दै कटारीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको पाँच मिनेटमा कटारीका क्याप्टेन प्रताप राईले गोल गर्दै कटारीका लागि गोल सङ्ख्या दुई पुर्याएका हुन् । त्यसपछि दुवै टिमले गोल गर्न सकेनन् । 

खेलको म्यान अफ दी म्याच कटारीका क्याप्टेन राई घोषित भएका छन् । उनलाई नगद रु पाँच हजारका साथमा मेडल र ट्रफी प्रदान गरिएको थियो । कटारी नगर खेलकुद विकास समितिको आयोजनामा सुरु प्रतियोगिताको विजेताले नगद रु पाँच लाख, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् । उपविजेताले नगद रु तीन लाख, ट्रफी, मेडल र प्रमाणपत्रमा पाउनेछन् ।

आठ वटा टिम सहभागी प्रतियोगिता आगामी ५ वैशाखमा सम्पन्न हुने आयोजक समितिका अध्यक्ष दीपक राईले बताएका छन् । प्रतियोगितामा आज जष्ट जोह्रन एफसी नाइजेरिया र हेटौँडा फुटबल क्लब मकवानपुरले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा कटारी, सिक्किम, नाइजेरिया, हेटौँडाका साथै चात्या सिएफसी झापा, च्याम्पियन ब्वाइज काठमाडौँ, केराबारी फुटबल क्लब मोरङ र शलेस युथ क्लब सिरहाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार