मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

सुवर्ण शम्शेर लोकतान्त्रिक राजनीतिलाई चलायमान गराउने नेता हुनुहुन्थ्यो : मन्त्री पाण्डे

Ujyalosandeshonline 12437+ समाचार ( )
२५ कार्तिक २०८१, आइतबार

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुवर्ण शम्शेर राणा नेपाली कांग्रेसप्रति समर्पित र तत्कालीन लोकतान्त्रिक राजनीतिलाई चलायमान गर्ने नेता भएको बताएका छन् ।  

नेपाली कांग्रेसका संस्थापक नेता सुवर्ण शमशेर जबराको ४७ औं स्मृति दिवसको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।

उनले विपी,सुवर्ण शम्शेर ,गिरिजाप्रसाद कोइराला ,गणेशमान सिंह कृष्णप्रसाद भट्टराई लगायतका नेताहरू प्रति एक अर्कोमा हार्दिकता, आत्मियता र सद्भाव रहेको बताए । 

उनिहरूको त्याग अनुपम भएको उल्लेख गर्दै आफू नै मन्त्री वा पार्टी सभापति बनिरहनुपर्छ भन्ने भावना उनमा नभएको बताए । 

वीपी पत्नी सुशीला कोईरालाले आफ्ना पतिलाई प्रधानमन्त्री नभई सुवर्णलाई प्रधानमन्त्री बन्नका लागि अनुरोध गर्दा समेत उनले आफू नभई विपी नै बन्नका लागि अनुरोध गरेको स्मरण गर्दै राजाले गणेशमानसिंहलाई प्रधानमन्त्री बन्न आग्रह गर्दा त्यो कुरा अस्वीकार गरि कृष्णप्रसाद भट्टराईलाई अघि सारेको स्मरण गरे। 

मन्त्री पाण्डेले भने, ‘नेपाली कांग्रेसको प्रमुख प्रतिशपर्धी नेकपा एमाले नै हो । राजनीतिक अस्थिरता चिर्नका लागि एमाले सँग सहकार्य गरेका हौं । ०८४ सालमा पनि कांग्रेस–एमालेबीच नै प्रतिस्पर्धा हुने हो । उहाँले नेपाली कांग्रेस नेतृत्वमा नै मुलुकमा ००७ सालको प्रजातन्त्र स्थापना, ०१५ सालमा पहिलोपटक आम निर्वाचन ,०४६ सालको जनआन्दोलन हुँदै,०६२÷०६३ सालको दोस्रो जनआन्दोलनको समेत नेतृत्व गरि संविधानसभा मार्फत संविधान जारी गरेको दाबी गर्नुभयो ।’

सुवर्ण स्मृति दिवसको अवसरमा सुवर्णका समकालीन राजनीतिक व्यक्तितब एवम् प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्याउनु भएका सुनदेवी जोशी (चिवतन), रामनारायण देव(सप्तरी ) र महेश्वर कुमार कोर्माचा (ओखलढुंगा) लाई सम्मान समेत गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस पार्टीको केन्द्री सदस्य मधु आचार्य, मदनकृष्ण श्रेष्ठ, ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार