मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |
मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |


‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ मा डा.सुमी मल्लले जितिन् दुई अवार्ड

Ujyalosandeshonline 12441+ समाचार ( )
२३ वैशाख २०८२, मङ्गलबार

काठमाडौं । हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको दोस्रो संस्करणको ‘मिसेस भोग नेपाल–२०२५’ डा.सुमी मल्लले बैंककमा आयोजित एक अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई महत्वपूर्ण उपाधि जितेकी छिन् ।

मंगलवार काठमाडौंमा हाउस अफ फेसन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार गत साता बैंककमा आयोजित ‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ डा.मल्लले दुई महत्वपूर्ण उपाधि जितेकी हुन् । वरिष्ठ दन्त चिकित्सकको रुपमा कार्यरत डा.मल्लले उक्त प्रतियोगितामा मिसेस इन्स्पिरेश्नल तथा सेकेण्ड रनर्स अपको उपाधि जित्न सफल भएकी छिन् ।

पत्रकार सम्मेलनमा उक्त प्रतिस्पर्धामा जितेको क्राउन लगाएरै प्रस्तुत डा.मल्लले विश्वका विभिन्न २५ देशका प्रतिस्पर्धिहरुसंग प्रतिस्पर्धा गरेर दुई महत्वपूर्ण उपाधि जित्न सफल भएर नेपालको नाम राख्न सफल भएको प्रतिक्रिया दिएकी छिन् ।

‘मुख्य उपाधि रसियाकी प्रतिस्पर्धिले जित्नु भयो, त्यो क्षण उहाँको पक्षमा रह्यो, तर नेपाली प्रतिस्पर्धिको रुपमा मैले पनि उत्कृष्ट प्रस्तुति दिन सफल भएँ, मुख्य उपाधि जित्न नसके पनि सेकेण्ड रनर्स अप तथा मिस इन्स्पिरेश्नल (सबैभन्दा प्रेरणादायी) को अवार्ड जित्नु आफैँमा उपलब्धिमूलक रहेको ठानेकी छु, पाँच फिट ८ ईन्च अग्ली डा. मल्लले भनिन् ।

डा.मल्लले बैंककमा सम्पन्न उक्त प्रतियोगिताको क्रममा आफूलाई ‘मिसेस नेपाल’ भनेर गरिएको सम्बोधन, नेपालको पर्यटनका बारेमा राखिएको जिज्ञासा तथा तिनको समाधानको क्रममा आफू अझ बढी गौरवान्वित भएको धारणा व्यक्त गरिन् ।

‘मिसेस भोग नेपाल २०२५’ को आयोजक संस्था हाउस अफ फेसन नेपालकी संस्थापक निर्देशक ओशिमा बानुले उक्त प्रतियोगितामा आफूले पठाएको नेपाली प्रतिनिधिले नेपालका लागि दुई महत्वपूर्ण उपाधि जित्न सफल हुनुमा डा.सुमी मल्लको समर्पण, सौन्दर्य र अदम्य आत्माले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई गर्वित तुल्याएको धारणा व्यक्ति गरिन् । ‘यही आत्मविश्वास तथा गरिमाका साथ राष्ट्रको प्रतिनिधित्व गर्दै डा.मल्ल शक्ति, सौन्दर्य र प्रेरणाको प्रतीक बन्नु भएको छ, बानुको भनाइ छ ।

‘यो उपलब्धि केवल एक मुकुट मात्रै होइन, यो डा.मल्लको  यात्राको, सहनशीलताको तथा छोएका अनगिन्ती जीवनहरूको उत्सव हो । तपाईंले सीमाना नाघेर महिलाहरूलाई आफूमा विश्वास गर्न, सीमाभन्दा माथि उठ्न र सपनाहरूलाई निडरताका साथ पछ्याउन प्रेरणा दिनु भएको छ, बानुले भनिन्– ‘हामी डा.सुमी मल्लको यो ऐतिहासिक उपलब्धिमा अत्यन्तै गर्वित छौं र भविष्यमा तपाईंले हासिल गर्ने नयाँ सफलताप्रति झन् उत्साहित छौं ।’

‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ को ग्राण्ड फिनाले गत मे १ अर्थात वैशाख १८ गते थाईल्यान्डको जीवन्त सहर बैंककमा आयोजना भएको थियो । हाउस अफ फेशन नेपालको विशेषज्ञ मार्गदर्शनमा विश्वस्तरीय प्रशिक्षण र ग्रुमिङ प्राप्त गरेकी डा.सुमी मल्ल आत्मविश्वास, सौन्दर्य र दृढतासहित अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि बैंकक पुगेकी थिइन् ।

पत्रकार सम्मेलनमा हाउस अफ फेसनले तेस्रो संस्करणको ‘मिसेस भोग नेपाल–२०२६’ को घोषणासमेत गरेको छ । आगामी जनवरीमा आयोजना हुने उक्त प्रतियोगितामा विवाहित नेपाली नारीहरुले प्रतिस्पर्धा गर्न सक्ने हाउस अफ फेसन नेपालले जनाएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार