मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

कार्यसम्पादन मूल्यांकनमा रुपन्देहीमा सिद्धार्थनगर र देशभर अर्घाखाँचीको पाणिनी गाउँपालिका उत्कृष्ट

Ujyalosandeshonline 12441+ समाचार ( )
३० माघ २०८२, बिहीबार

भैरहवा । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहको कार्यसम्पादन मूल्यांकन नतिजामा रुपन्देही जिल्लाभित्र सिद्धार्थनगर नगरपालिका उत्कृष्ट ठहरिएको छ । आयोगले बिहीबार सार्वजनिक गरेको नतिजा अनुसार ६८.४६ अंक प्राप्त गर्दै सिद्धार्थनगर नगरपालिका जिल्लामै प्रथम हुन सफल भएको हो । रुपन्देहीका अन्य स्थानीय तहहरूको तुलनामा सिद्धार्थनगरको कार्यसम्पादन उत्कृष्ट देखिएको छ ।

जिल्लाको वरीयतामा सिद्धार्थनगरपछि तिलोत्तमा नगरपालिका दोस्रो स्थानमा रहेको छ । तिलोत्तमाले ६६.५४ अंक प्राप्त गरेको छ । त्यस्तै, कञ्चन गाउँपालिकाले ६४.५५ अंक हासिल गर्दै रुपन्देही जिल्लामा तेस्रो स्थान सुरक्षित गरेको छ । यसैगरी आयोगको मूल्यांकनमा अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका देशभरकै स्थानीय तहहरूमध्ये सबैभन्दा अब्बल सावित भएको छ । देशभरका ७ सय ५३ वटा स्थानीय सरकारमध्ये पाणिनी गाउँपालिकाले सर्वाधिक ८३.८४ अंक प्राप्त गरी राष्ट्रिय स्तरमै पहिलो स्थान ओगटेको छ ।

आयोगले स्थानीय तहहरूको मूल्यांकनका लागि विभिन्न सूचकहरू निर्धारण गरेको थियो । जसमा असार १० गतेभित्र बजेट सार्वजनिक गरे/नगरेको, असार मसान्तभित्र बजेट पारित गरे/नगरेको र आगामी आर्थिक वर्षको बजेट प्रक्षेपणसहितको विवरण अर्थ मन्त्रालयमा बुझाए/नबुझाएको विषयलाई मुख्य आधार मानिएको छ । साथै, आर्थिक वर्ष २०८१/८२ मा उठेको घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापतको रकममध्ये प्रदेश सरकारलाई बुझाउनुपर्ने ४० प्रतिशत रकम मासिक रूपमा प्रदेश सञ्चित कोषमा दाखिला गरेको अवस्थालाई पनि मूल्यांकनमा समेटिएको छ । बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरेको विषय पनि मूल्यांकनको दायरामा परेको छ ।

यसबाहेक आयोगले राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु फर्स्योट, र सूत्र सफ्टवेयरको प्रयोगलाई पनि कार्यसम्पादनको आधार बनाएको छ । सामाजिक विकासका सूचकतर्फ विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर र एसईई परीक्षाको नतिजालाई हेरिएको छ भने स्वास्थ्यतर्फ पूर्ण खोप लगाएका बालबालिकाको अनुपात र गर्भ जाँच गराउने महिलाहरूको अनुपातलाई समेत विश्लेषण गरेर आयोगले यो नतिजा तयार पारेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार