मुख्य समाचार
कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक |

प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

Ujyalosandeshonline 12676+ समाचार ( )
५ भाद्र २०८३, शुक्रबार

गण्डकी। प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले उच्च अदालत पोखरा र कास्की जिल्ला अदालतको आज निरीक्षण तथा अनुगमन गर्नुभएको छ । उहाँले दुवै अदालतको निरीक्षणसँगै सेवा प्रवाहको अवस्थाबारे जानकारी लिनुभएको हो । प्रधानन्यायाधीश डा शर्माले गत वर्षको ‘जेन्जी’ आन्दोलनका क्रममा आगजनीमा परी क्षतिग्रस्त बनेका अदालत भवनको अवलोकनसमेत गर्नुभएको सर्वोच्च अदालतका उप–रजिष्ट्रार राजेन्द्र पौडेलले बताउनुभयो । 

“जेन्जी आन्दोलनका क्रममा क्षति पुगेका अदातल भवनको अवलोकन तथा अनुगमनका सिलसिलामा प्रधानन्यायाधीश पोखरा आइपुग्नुभएको हो”, उहाँले भन्नुभयो, “शनिबार उच्च अदालत पोखरा बागलुङ इजलास, जिल्ला अदालत बागलुङ र जिल्ला अदालत म्याग्दीको पनि निरीक्षण गर्नुहुने कार्यक्रम रहेको छ ।” प्रधानन्यायधीश शर्मा आइतबार तनहुँ पुगी ‘जेन्जी’ आन्दोलनका क्रममा क्षति पुगेको जिल्ला अदालत भवनको अवलोकन गर्नुहुनेछ । ‘जेन्जी’ आन्दोलनका बेला उच्च अदालत पोखरा, कास्की जिल्ला अदालत र तनहुँ जिल्ला अदालतमा आगजनी गरी क्षति पु¥याइएको थियो । 

अदालत भवन जलेपछि ती अस्पतालको न्याय सम्पादनसहित समग्र सेवा प्रवाहमा कठिनाई उत्पन्न भइरहेका बेला प्रधानन्यायाशीध शर्माले भवन पुर्ननिर्माणको कामलाई अगाडि बढाउन पहल लिनुभएको उप–रजिष्ट्रार पौडेलले बताउनुभयो । प्रधानन्यायाशीश शर्माले नेपाल बार एशोसिएशन, पोखरा महानगरपालिकाका प्रतिनिधिसहित सरोकार भएका पक्षहरुसँग कास्की जिल्ला अदालत भवन निर्माणका लागि जग्गा व्यवस्थापनलगायतका विषयमा छलफल गर्नुभएको थियो । भवन जलेपछि उच्च अदालत पोखरा र कास्की जिल्ला अदालतले अस्थायी संरचनामा इजलास सञ्चालन गर्दै आएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार