मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

मलेसियामा ३१ सदस्यीय नेपाली समाज मलेसिया गठन

Ujyalosandeshonline 11564+ समाचार ( )
१९ जेठ २०८२, आइतबार

मलेसिया । मलेसियाको क्वालालम्पुरमा बसेको नेपाली समाज मलेसियाको विशेष भेलाले नयाँ कार्यसमिति चयन गर्नुका साथै, एक भव्य संस्थागत शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल र मलेसियाका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

जनता समाज पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री उपेन्द्र यादवको प्रमुख आथित्यमा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेपाली राजदूत मलेसियाका महामहिम डा। नेत्रप्रसाद तिमल्सिना रहेका थिए । 

बैठकले सर्वसम्मत निर्णय गर्दै नयाँ नेतृत्व चयन गरेको छ, जसअन्तर्गत अध्यक्षमा विनोद कुमार यादव, उपाध्यक्षहरूमा पूर्वराज चौलागाईं र ङावाङ नुरी शेर्पा, महासचिवमा  विप्लवी तेन्जु योन्जन सचिव विक्रम याख्खा,  सहसचिव राम प्रवेश राय यादव र उपसचिवमा घुरण ठाकुर चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा भग नारायण यादव, वरहम देव शाह, श्रीराम मण्डल, खगेन्द्र यादव, सुरेश यादव, राम विनय साह, रन्जीत सन्त, कर्ण विर सिंह, दामोदर यादव, उमेश यादव, ललित मान तामाङ, प्रेम मुखिया, मनीष यादव, सुदामा यादव, विपना कार्की, देव साहु सोनार, कमल सिंह तामाङ, शिव शंकर साह, रामशरण यादव र पिताम्बर सरदार चयन भएका छन् ।

त्यस्तै अथितीहरुमा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापा, सेन्टर फर साउथ काठमाडौंका डाइरेक्टर डा. निश्चलनाथ पाण्डे, मधेस प्रदेश सभा सदस्य तथा केन्द्रीय कार्यकारीनी सदस्य राजकुमार गुप्ता (राजु), आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष बिपिन राई, डेमोक्रेटिक एक्सन पार्टीकी अन्तर्राष्ट्रिय सचिव तथा पूर्व सांसद कस्तुरी पट्टो, बुकित गासिङ राज्यसभा सदस्य राजिव रिश्याकरन, सिटी काउन्सिलर पेतालिङ जयाका कुसालिनी महेन्द्रन, डिएपी समाजवादीका युवा उपाध्यक्ष इस्कन्दर फारीज, बंगलादेश नेशनलिष्ट पार्टीका महेबु आलम, एनआरएनए मलेसियाका अध्यक्ष राकेश महतो, एनआरएनएका एशिया प्यासिफिक संयोजक हरि प्रसाद भट्टराई र अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्व सचिव एवम एनआरएनए अभियान्ता खगेन्द्र न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमले मलेसियामा बसोबास गर्ने नेपाली समुदायबीच संगठित नेतृत्व र सामाजिक एकतालाई मजबुत बनाएको आयोजकको भनाइ छ । नयाँ कार्यसमितिले प्रवासी नेपालीहरूको हितमा क्रियाशील भएर कार्य गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार