मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

रारामा सुरु भयो कर्णाली प्रदेशको कबड्डी छनोट

Ujyalosandeshonline 12437+ समाचार ( )
२६ वैशाख २०८१, बुधवार

मुगु । १० औ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि रारामा कबड्डी प्रतियोगिता सुरु भएको छ । आगामी मंसिर २ गतेबाट सुर्खेतमा हुन लागेको प्रतियोगिताका लागि छनोट खेल रारामा गरिएको हो ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग तथा जिल्ला खेलकुद विकास समितिको आयोजनामा कर्णाली प्रदेशका ९ जिल्लाका महिला तथा पुरुष खेलाडीहरुको सहभागितामा बुधबारदेखि तीन दिनसम्म कबड्डी प्रतियोगिता आयोजना गरिएको हो । छनोट प्रतियोगितामा हुम्लाबाहेक ९ जिल्लाका पुरुष ९ महिला ७ टिम गरी १ सय ६० खेलाडी सहभागी छन् । 

मुगुका चार स्थानीय तहले समेत उक्त प्रतियोगितामा आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरेपछि राराको पर्यटन प्रवर्धनलाई खेलकुदसँग पनि जोडिने भएकाले खेलस्थल रारा छनोट भएको खेलकुद बिकास समिति मुगुका अध्यक्ष वीरेन्द्रबहादुर मल्लले बताए ।

आगामी मंसिरमा सुर्खेतमा हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि कर्णाली १० वटै जिल्लामा  एक÷एक खेलको आयोजना गर्ने परिषद्को निर्णय छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार