मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

ओमसतिया गाउँपालिका न्यायिक सम्पादनमा अब्बल, ७४ प्रतिशत विवाद समाधान

Ujyalosandeshonline 11564+ समाचार ( )
१९ श्रावण २०८२, आइतबार

भैरहवा । रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिका न्यायिक सम्पादनमा एक उत्कृष्ट उदाहरणको रूपमा देखा परेको छ । आर्थिक वर्ष २०८१/८२ मा गाउँपालिकाको न्यायिक समितिमा दर्ता भएका ६२ वटा विवादहरूमध्ये ४६ वटा सफलतापूर्वक समाधान गरिएको छ, जुन कुल विवादको ७४.१९ प्रतिशत हो ।

गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक सुनिता चौधरीको नेतृत्वमा यो उल्लेखनीय सफलता हासिल भएको हो । समाधान भएका ४६ मुद्दामध्ये ३५ वटा न्यायिक समितिबाट र ११ वटा मेलमिलापकर्ता मार्फत टुङ्ग्याइएको थियो । स्थानीय स्तरमा न्यायमा पहुँच सुनिश्चित गर्ने र नागरिकहरूमा भरोसा जगाउने उद्देश्यले गाउँपालिकाले देखाएको यो सक्रियता सराहनीय मानिएको छ ।

उपाध्यक्ष चौधरीले न्यायिक सम्पादनमा निष्पक्ष भूमिका निर्वाह गरेको विषय जिल्लाभरि नै चर्चाको विषय बनेको छ । "म जनताको प्रतिनिधि हुँ र उहाँहरूकै विश्वासले यहाँ छु," उपाध्यक्ष चौधरीले भन्नुभयो, "जनताको समस्या समाधान गर्नु हाम्रो पहिलो कर्तव्य हो । हामी जनताको सबैभन्दा नजिकको सरकार हौं र उहाँहरुको समस्या हामीले नबुझे कसले बुझ्छ ?" स्थानीय समस्यालाई स्थानीय तहमै प्रभावकारी रूपमा समाधान गर्दै आएको ओमसतिया गाउँपालिकाको यो प्रयास अन्य स्थानीय तहहरूका लागि पनि प्रेरणाको स्रोत बन्न सक्ने देखिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार