मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

रुपन्देहीमा लागु औषधसहित एक व्यक्ति पक्राउ

Ujyalosandeshonline 11540+ समाचार ( )
४ भाद्र २०८२, बुधवार

भैरहवा । रुपन्देही जिल्लामा अवैध लागु औषधको कारोबारमा संलग्न भएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । जिल्लाको मायादेवी गाउँपालिका वडा नं. ४, सुण्डीस्थित लागु औषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ३२ वर्षीय हरि चन्द्र तेलीलाई पक्राउ गरेको हो ।

लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार तेलीलाई नियन्त्रणमा लिएको हो । सम्मरीमाई गाउँपालिका वडा नं. ३, थुमहवा निवासी तेलीले चलाएको लु ५८ प २२३१ नम्बरको मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ठूलो परिमाणमा लागु औषध बरामद भएको रुपन्देही प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मोटरसाइकलको लेगगार्डमा प्लास्टिकमा झुण्ड्याएर ल्याउँदै गरेको अवस्थामा १०० एम्पुल ब्रुर्फिन, १०० एम्पुल डाइजेपाम र १०० एम्पुल फेनेरागन गरी जम्मा ३०० एम्पुल लागु औषध बरामद गरिएको छ ।

पक्राउ परेका तेली र बरामद गरिएको मोटरसाइकललाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ । यस घटनाले त्यस क्षेत्रमा लागु औषधको कारोबार सक्रिय रहेको देखाएको छ र प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार