मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

जिम जान्छु भनी निस्किएका ईशान दुई दिनपछि मृत फेला: टाउकोमा गहिरो चोट, आँखा फुटाइएको अवस्था

जगीलाल थापा 30+ समाचार ( )
४ पौष २०८२, शुक्रबार

कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकामा १७ वर्षीय किशोर ईशान शर्माको बीभत्स हत्याले स्थानीय क्षेत्र त्रसित र स्तब्ध बनेको छ। पुस २ गते बुधबार साथीहरूसँग जिम जान्छु भनी निस्किएका ईशान दुई दिनसम्म सम्पर्कविहीन भएपछि खोजी गर्ने क्रममा घर नजिकैको नवनिर्मित नालीको ढकनमुनि मृत अवस्थामा फेला परेका हुन्। मृतकको टाउकोको पछाडि गहिरो चोट लागेको र बायाँ आँखा फुटेको अवस्थामा भेटिनुले घटनालाई अत्यन्तै क्रूर र रहस्यमय बनाएको छ। स्थानीय बुद्धदीप बोर्डिङ स्कुलमा कक्षा ११ मा अध्ययनरत ईशान कराँतेका ब्लाक बेल्ट खेलाडी समेत थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले यो योजनाबद्ध हत्या हुनसक्ने सङ्केत गरेको छ। विद्यालयमा एक हप्ता अघि केटी साथीको विषयलाई लिएर केही साथीहरूसँग विवाद भएको र आँखा निकालिदिने धम्की आएको भन्ने स्थानीयको भनाइ तथा घटनास्थल नजिकै फेला परेको मोबाइलले अनुसन्धानलाई थप केन्द्रित बनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले घटनाको सोधपुछका लागि ४ जना स्थानीयलाई नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय रुद्रपुर, बुटवल र सालझण्डीको टोलीले सुक्ष्म रूपमा अनुसन्धान अघि बढाएको छ। शवलाई पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ र स्थानीय बासिन्दाले दोषीलाई तत्काल पहिचान गरी कडा कारबाही गर्न माग गर्दै प्रहरीलाई दबाब दिइरहेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार