मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

काठमाडौंमा बन्धक ११ भारतीयको उद्धार, ७ पक्राउ

Ujyalosandeshonline 11564+ समाचार ( )
३ फाल्गुन २०८०, बिहीबार

काठमाडौं । अमेरिका लैजाने भन्दै काठमाडौंमा ल्याएर ११ जना भारतीयलाई बन्धक बनाइएको अवस्थामा नेपाल प्रहरीले राजधानीको गौशालाबाट उद्धार गरेको छ । बन्धक बनाउने गिरोह रहेको आरोपमा ७ जना पक्राउ परेका छन् ।  

प्रहरीले बिहीबार पत्रकार सम्मेलन गर्दै अपरेसन ‘डंकी’ भनिएको उद्धार र धरपकडको घटना सार्वजनिक गरेको हो । मेक्सिको हुँदै अमेरिका लैजाने भनेर काठमाडौं ल्याइ बन्धक बनाइएका ११ जना भारतीय नागरिकलाई उद्धार गरीएको काठमाडौं प्रहरी प्रमुख भूपेन्द्र खत्रीले बताए ।

गिरोहले एक जना बराबर ४० देखि ४५ लाख भारतीय रुपैयाँ लिएको खुलेको जनाएको प्रहरीले पक्राउ परेकाहरुबाट नक्कली कागजात, रबर स्टाम्प र बोर्डिङ पास बरामद भएको जनाएको छ ।  

‘११ जना पीडित भारतीय नागरिकहरुलाई उद्धार गरेर हामीले उहाँहरुलाई होटलमा राख्ने व्यवस्था मिलाएका थियौं । गोप्य स्रोतबाट सूचना प्राप्त भएको थियो । त्यसको आधारमा अनुसन्धानलाई निष्कर्षमा पु¥यायौं,’ प्रहरी प्रमुख खत्रीले भने, ‘अमेरिका जान एक जनाले ४० देखि ४५ लाख भारतीय रुपैयाँ बुझाउने र काठमाडौं आएपछि तीन हजार डलर र पासपोर्ट बुझाउनुपर्ने भनिएको खुलेको छ । उहाँहरुले प्रयोग गर्नुभएका कागजात, छापहरु पनि बरामद गरेका छौं । नक्कली रबर स्टाम्प, बोर्डिङ पास सबै नक्कली बनाएको फेला परेको छ ।’ 

प्रहरीका अनुसार बन्धक बनाइएको ठाउँमा प्रविधिको प्रयोगले वरीपरी मेक्सिकोको परिवेश बनाएर उनीहरुलाई मेक्सिकोमा राखिएको जसरी उनीहरुका परिवारसँग पैसा मागेको खुलेको छ । 

पक्राउ परेकाहरुका भारतको नयाँ दिल्लीका ४२ वर्षीय चरणजित सिंह, पन्जावका मनीषकुमार मल्होत्रा, ५१ वर्षीय निपुन गुप्ता, मध्यप्रदेश राजगढका ३० वर्षीय रवि मेवादे, ५८ वर्षीय इन्दु सिंह यादव, महिपालपुरका ५४ वर्षीय अब्दुल रहिम र राजस्थानका ४८ वर्षीय रामचन्द्र शर्मा छन् । 

पक्राउ परेकामध्ये दुई जना धेरै अघिदेखि उपत्यकामा आएर काम गरिहेकाहरु रहेको खुलेको छ । इन्दुसिंह २०४२ सालमै नेपाल आएर गार्मेन्टमा काम गरेका हुन् । उनी ललितपुरको भैंसेपाटी बस्दै आएका थिए । यस्तै २०४६ सालमा नेपाल आएका निपुन गुप्ताले घडी पसल गरेका थिए । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार