मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

खेल क्षेत्रका लागि बजेट अपुग भयो : डा.शेखर कोइराला

Ujyalosandeshonline 11564+ समाचार ( )
२० माघ २०८०, शनिबार

काठमाडौं । नेपाली कांग्रेसमा डा.शेखर कोइरालाले सरकारले खेल विकासका लागि आवश्यक बजेट छुट्याउन नसकेको बताएका छन् । शनिबार कराते एकेडेमी सातदोबाटो, ललितपुरमा आयोजित तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता–२०८०’को समापन तथा पुरस्कार बितरण समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले चीनमा सम्पन्न एसियामा उत्कृष्ट प्रदर्शन गरेका कराते र क्रिकेट खेलाडीलाई पूर्वघोषित पुरस्कार वितरण गर्न नसकेको पनि बताए ।  

उनले भने, ‘नेपालमा खेलकुदको विकास भइराखेको छ । तर जसरी हुनुपर्ने थियो त्यसरी अघि बढिरहेको छैन । सरकारले जति बजेट छुट्याउनु पर्ने हो त्यति छुट्याउन सकिरहेको देखिएन । एसियाड कराते र क्रिकेट विधाका खेलाडीलाई पुरस्कार दिने भनियो तर दिइएन ।’

मुलुकको विकासका लागि खेल क्षेत्रको विकास गर्नु अपरिहार्य रहेको कोइरालाको भनाइ थियो । खेलकुदले मानिसलाई अनुशासित बनाउने भन्दै नेता कोइरालाले खेल आत्मरक्षाका लागि मात्र नभइ आध्यात्मिक समेत भएको बताए । 

उनले भने, ‘करातेले मात्रै होइन हरेक खेलकुदले मानिसलाई अनुशासित बनाउँछ । करातेको इतिहास हेर्ने हो भने चौधसय वर्ष अघिको खेल हो । आत्मरक्षाका लागि भनिएपनि आध्यात्मिक कुरा पनि करातेमा छ ।’

गत वर्षमात्रै अध्ययनकका लागि एक लाखभन्दा बढि विदार्थी देश बाहिर गएको स्मरण गराउँदै यसलाई रोक्न पनि खेल क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए । सन्त नेता कृष्ण प्रसाद भटट्राई पनि खेलप्रेमी नेता भएको स्मरण गराउँदै उनले प्रतियोगिताले उनको सम्मान अझै बढेको बताए । 

नेता कोइरालाले खेलमा हार र जित स्वाभाविक भएको भन्दै हारमा आत्तिने र जितमा मात्तिन नहुने बताए । आफूहरु संसदमा रहेको नाताले संधै खेल क्षेत्रको विकासका लागि सक्रिय रहने विश्वास नेता कोइरालाले दिलाए ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य जितजंग बस्नेत, वाग्मती प्रदेश सभा सदस्य मीनकृष्ण महर्जन, नेपाली कांग्रेस ललितपुरका क्षेत्रीय सभापतिहरु सुन्दरमान थिंङ, महेश्वर थापा, महेश खड्का, ललितपुर कांग्रेस नेता मथुरा घिमिरे, कराते महासंघका महासचिव दावा गुरुङलगायत सहभागी थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार