मुख्य समाचार
मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ | कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप | ‘मधेस सरकार विपद्प्रतिरोधी समाज निर्माण गर्न कटिबद्ध छ’ | स्वस्तिक आयलको मुद्दामा भन्सार प्रयोगशालासँग सात दिनभित्र जवाफ माग | बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना | सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर | रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा | पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने |

अहिले यातायात व्यवसायको क्षेत्रमा धेरै विकृतिहरु देखा परेका छन् :मन्त्री दाहाल

Ujyalosandeshonline 11467+ समाचार ( )
१४ अशोज २०८१, सोमबार

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अहिले यातायात व्यवसायको क्षेत्रमा धेरै विकृतिहरु देखा परेको बताएका छन् । सोमबार नेपाल पर्यटन बोर्डमा आयोजित ‘सार्वजनिक यातायातको नियमन र विद्यार्थी सहुलियतको कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बस पार्कहरुमा पनि यात्रुहरुलाई दुख दिने, टिकट ब्ल्याकमा बेच्ने जस्ता अनेक विकृतिहरु बढिरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताए । 

उनले भने, ‘अहिले हवाई भाडा पनि हामीले अनुरोध गरेपछि केही घटाउनुभएको छ । अहिले विकृति सबैतिर छ । यातायात व्यवसायको क्षेत्रमा पनि धेरै विकृतिहरु छन्  ।  फेरि सेन्डिकेट आउँछ कि भन्ने यहाँहरुले आशंका गर्नुभएको छ । त्यसलाई हामीले नियन्त्रण गछौं । बस पार्कहरुमा पनि यात्रुहरुलाई दुख दिने, टिकट ब्ल्याकमा बेच्ने जस्ता अनेक विकृतिहरु छन् त्यसलाई पनि रोक्न आवश्यक छ ।’ 

मन्त्री दाहालले दशैंमा जनतालाई आफ्नो घर जानका लागि सहजता सृजना गर्ने सरकारको पहिलो कर्तव्य रहेको भन्दै सरकार त्यसैमा लागिपरेको जानकारी दिए । 

उनले भने, ‘दशैंमा जनतालाई आफ्नो जिल्लामा घरमा जान विद्यार्थीलाई आफ्नो घरमा जान कसरी सहजता सृजना गर्ने भन्ने त्यो कुरा हाम्रो पहिलो कर्तव्य हो त्यसैले हामी अहिले त्यसैमा लागिपरेका छौं भन्ने जानकारी गराउँछु ।’  

उनले लोकतन्त्र र गणतन्त्रको कुरा साझा सवालमा प्राप्त गरिसकेको भन्दै अब बाँकी रहेको देश निर्माण र समृद्धिको काम पूरा गर्न आवश्यक रहेको उनको भनाइ छ ।

उनले भने, ‘लोकतन्त्रको कुरा गणतन्त्रको कुरा जुन उठाइरहेका थियौं । हाम्रा साझा सवालमा हामीले ति प्राप्त ग¥यौं । अब हाम्रो देश निर्माणको लागि संमृद्धिको लागि काम बाँकी छ । यो देशलाई समृद्धितर्फ लैजान आवश्यक छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार