मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

खेल मैदानविहीन मुगु : सडक, खेत र जंगलको खुल्ला स्थानमा प्रतियोगिता

Ujyalosandeshonline 11564+ समाचार ( )
८ चैत्र २०८१, शनिबार

मुगु । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’भन्ने मुल नारा भएपनि जिल्लाको सदर मुकाममा खेलमैदान,रङ्खशाला, टुडीखेल, सार्वजनिक मञ्च नहुँदा मुगुका खेलाडीहरु समस्यामा परेका छन् । जिल्लामा अहिलेसम्म एउटा पनि खेल मैदान बन्न सकेको छैन । खेल मैदान ,रङ्खशाला, टुडिखेल, सार्वजनिक मञ्च नहुँदा खेलाडीलाई निकै समस्या हुने गरेको छ ।

खेल मैदान अभावमा खेलकुद गतिबिधि प्रायः शुन्य हुने गरेको छ । त्यसबाहेक अन्य गतिविधि गर्न पनि कुनैपनि सार्वजनिक खुल्ला स्थान नहुँदा गमगढी बजारको सडक, खेतबारी, बनजङ्खल र  सरकारी कार्यालयका मैदान प्रयोग हुने गरेको छ । खेलमैदान अर्थात कवर्डहललगाएतका भौतिक संरचना नहुँदा खेलाडीहरु सरकारी कार्यालयका खुल्ला मैदान, खेतबारी, बनजङ्खलमा खेल खेल्न बाध्य छन् ।

दलका नेता जनप्रतिनिधीहरुले  खेलमैदानको लागि चुनावी घोषण पत्रमै सिमित हुने गरेको छ । खेलाडीहरुबाट खेलमैदान लगायत संरचना निर्माण गरिदिने बाचा गरेर मत लिने बिजय भएर गइसकेपछि खेल क्षेत्रलाई विर्सिने गरिएको खेलाडी लोकेन्द्र बहादुर मल्लको गुनासो । जिल्लामा भलिबल, फुटबल, ब्याटमिटन, कराँतेलगायतका खोलाडी धेरै रहेपनि मैदानको अभाव व्यहोरिरहेको कर्णजङ्ख शाहीले बताए । 

सामाजिक बिकास कार्यालय मुगुमा कर्णाली प्रदेश सरकारबाट खेल गतिबिधिको लागि बजेट नपठाएको, बर्षौदेखि कुरा गरेपनि यसबर्ष एक करोड रुपैंयाँ कबर्ड हल निर्माणका लागि रकम प्राप्त भएको बताइन्छ । आगामी आर्थिक बर्ष सदरमुकाम आसपास उपयुक्त ठाँउ हेरेर सरोकारवालाहरुसंग सहकार्य गरेर खेल मैदान निर्माण थालिने सामाजिक विकास कार्यालयका प्रमुख टोप बहादुर बुढाले बताए । 

जिल्लाबाट मात्र राष्ट्रिय स्तरका प्रतियोगिता खेल्न विभिन्न २७ जना खेलाडी सहभागी  भएका छन्, प्रदेश स्तरमा पनि ५० भन्दा बढी खेलाडीहरु पुगिसकेका छन् । तर बजेट अभावका कारण काम गर्न नसककीएको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बिरेन्द्र बहादुर मल्लले बताए  ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार