मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

सिद्धार्थनगरमा ‘एएनपीआर’ प्रणाली जडान

Ujyalosandeshonline 12441+ समाचार ( )
२९ जेठ २०८१, मङ्गलबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) को कार्यालयले बजार क्षेत्रको देवकोटा चोक ‘अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेसन’ (एएनपीआर) प्रणाली जडान गरेको छ ।

सिद्धार्थ राजमार्ग सडकखण्ड अन्र्तगत देवकोटा चोक हुदै आवतजावत गर्ने सवारीसाधन सहित सडकमा हुने क्रियाकलापहरु प्रविधीको माध्यमले निगरानी गर्ने उद्देश्यले एएनपीआर प्रणाली जडान गरिएको सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले बताए ।

‘नगरमा विकासका साथै नगरवासीको सुरक्षाप्रति हामी सचेत छौँ’ उनले भने, ‘जसका लागि यो प्रणाली जडान गरिसकेका छौँ भने नगरको विभिन्न स्थानमा थप सिसिटिभी क्यामेराहरु समेत जडान गर्न लागेका छौँ ।’

नगरलाई प्रविधिमैत्री बनाउने लक्ष्य अनुरुप नगरपालिकाको कार्यालय विभिन्न कार्यहरु गर्दै आएको छ ।  जडान गरिएको प्रणालीले क्यामेराको माध्यमबाट सवारीसाधनको नम्बर प्लेट पहिचान गर्नुका साथै आवातजावत हुने सवारीसाधनको रंग, फोटो र भिडियो तथ्यांकको रुपमा सर्भरमा सेभ गर्ने गर्दछ ।

यसले प्रणाली जडान गरिएको सडकबाट आवतजावत गर्ने सवारीसाधनको पहिचान गर्न सहज हुनेछ । प्रणाली जडानले सडकमा घटेको कुनै घटनाको अनुसन्धान गर्न थप सहज हुने विश्वास लिइएको सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले बताइन् ।

‘सिद्धार्थनगर बजार क्षेत्र भएकोले यहाँ हुने सक्ने घटनालाई मध्यनजर गर्दै सवारी लगायत दुर्घटना न्यूनीकरण गर्न र शान्ति सुरक्षाको दृष्टिकोणले पनि यो प्रणाली महत्वपूर्ण छ,’ सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले भने, ‘त्यसैले हामीले यो प्रणाली जडान गरेका हौँ ।’ जडान गरिएको प्रणालीको कन्ट्रोलिङ जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गर्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार