मुख्य समाचार
कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक |

संविधानको रक्षा र कार्यान्वयनमा जनता एकाकार भएर लाग्न जरुरी : सभामुख

Ujyalosandeshonline 12676+ समाचार ( )
३ अशोज २०८२, शुक्रबार

राप्ती उपत्यका देउखुरी । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले  संविधान कार्यान्वयनकै चरणमा रहेकाले यसको ईमानदारीताका साथ कार्यान्वयनमा जोड दिनु भएको छ ।  संविधान दिवसको अवसरमा आज बिहान शुभकामना सन्देश जारी गर्नुहुँदै सभामुख घर्ती मगरले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्धारा दिगो शान्ति, सुशासन, विकास र संमृद्धिको आकाक्षा पूरा गर्ने संकल्प नेपालको संविधान -२०७२ ले लिएको स्मरण गराउनु भयो । 

संघीय शासन प्रणालीको नितान्त नयां संरचनाको रुपमा  प्रदेश संरचना रहेको  र जुन संघीय संरचनाको मुटु र मुल मर्म  भएको जनाउनु हुँदै  उहाँले  संघीयता कार्यान्वयनको क्रममा देखिएका  कतिपय कार्यशैलीगत कमीकमजोरीलाई सुधार गर्दै प्रदेशको सबलिकरण जरुरी रहेकोमा जोड दिनु भएको छ । "संघीयता कार्यान्वयनको क्रममा देखिएका हाम्रा कतिपय कार्यशैलीगत कमीकमजोरीका कारण प्रदेश संरचनाप्रति प्रश्न चिन्ह उठेका छन् ।" शुभकामना सन्देशमा उल्लेख छ-" यसलाई गम्भिरता पूर्वक सम्बोधन गर्न र संविधानको भावना तथा जनताको चाहना अनुसार नै संविधान र संघीयता कार्यान्वयनमा सबै गम्भिर र जिम्मेवार बन्नुपर्छ ।"  उहाँले लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ को कार्यान्वयनमा देखिएको कमीकमजोरीलाई सच्चाएर आगामी दिनमा हुने थप अभ्यासबाट संविधान परिमार्जन हुंदै जाने विश्वास व्यक्त गर्नु भएको छ ।

लुम्विनी प्रदेश सभाले संविधानको मर्म र भावनालाई आत्मसात गर्दै सामाजिक न्यायको शिद्धान्तमा आधारित भई जनचहाना अनुसार नै प्रदेशको नीति तथा कानुन निर्माण गरिरहेको जनाउनु हुँदै उहाँले  संविधानको रक्षा र कार्यान्वयनमा राज्य संरचना मात्र नभई सम्पूर्ण नेपाली जनता एकाकार भएर लाग्न जरुरी रहेकोमा जोड दिनु भएको छ ।  "नेपाली जनताको ठूलो बलिदानी पछि उपलब्धीका रुपमा प्राप्त भएको संविधान र संघीयता कार्यान्वयनमा इमान्दारीता पूर्वक लागौं संविधान दिवसको अवसरमा पुनः शुभकामना व्यक्त गर्दछु ।" शुभकामना सन्देशमा उल्लेख छ । जनताको सार्वभौम संस्था संविधान सभा मार्फत संविधान निर्माण गरी जारी भएको आज १० वर्ष पुरा भएको छ । 

 संविधान दिवस–२०८२ को अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमा–वुवा दिदी–बहिनी एवं दाजु भाईहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु हुँदै सभामुख घर्ती मगरले  यो विशेष दिनमा जनयुद्ध, जनआन्दोलन एवं क्रान्ति, जेन–जी आन्दोलन तथा संघर्षमा जीवन उत्सर्ज गर्नुहुने महान् सहिदहरु प्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्नु भई घाईते अपाङ्ग, बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्नु भएको छ । उहाँले संविधान निर्माण प्रकृयामा महत्वपूर्ण योगदान पु¥याउनु हुने माननीय संविधान सभा सदस्य लगायत सम्पूर्णमा हार्दिक आभार तथा कृतज्ञता समेत व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार