पोखरामा सुनचाँदी क्षेत्रमाकाम गर्ने कालिगढहरुको अभाव रहेको ब्यबसायीको गुनासो

Ujyalosandeshonline 11144+ समाचार ( )
२७ पौष २०८१, शनिबार

पोखरा । पोखरामा दैनिकजसो करोडौंको सुनचाँदीको कारोबार हुने भएपनि त्यसमा काम गर्ने कालिगढहरुको अभाव देखिएको छ । नेपाल सुनचाँदी ब्यबसायी संघ कास्कीको चौंथो अधिबेशन एवम आठौँ वार्षिक साधारण सभाका अवसरमा बोल्ने अधिकार सम्पन्न वक्ताहरुले त्यस्तो गुनासो गरेका हुन् ।  

उक्त अवसरमा बोल्दै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिब लम्सालले सुनचाँदी कारोबार क्षेत्रमा देखिएको कालिगढ अभावको समस्या समाधानका लागि पहल गर्न सुनचाँदी ब्यवसायीहरुलाई आग्रह गरे । उनले सुनचाँदीको खरिद बिक्रीमा चनाखो हुन् आव्हान गर्दै सुनचाँदी कारोबारमा सम्पत्ति शुद्धीकरणको मुद्दा पनि जोडिएकाले सरकारी सूचकका रुपमा काम गरिदिन अनुरोध गरे ।  

आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख शिवराज शर्माले कारोबारको पारदर्शिताका लागि कम्प्युटर बिलिङ प्रणाली लागू गर्नुपर्नेमा जोड दिए। सुनको कारोबारमा जर्ती रज्याला निर्धारण सम्बन्धि समस्याहरु आउने गरेको तथ्य अगाडी सार्दै प्रमुख शर्माले यस समस्या समाधानका लागि पहल गर्न  आव्हान गरे ।  

उनले कसैलाई २५ हजार भन्दा माथिको पारिश्रमिक दिनु परेमा बैंकिङ प्रणालीबाट दिनुपर्ने कानूनी ब्यबस्था आएको स्मरण गराउदै  कालिगढ लगायतलाई पारिश्रमिक दिंदा कालीगढ़को व्यक्तिगत खाता खोलेर त्यही पारिश्रमिक राख्ने ब्यबस्था गर्न आव्हान गरे। आजको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै सुनचाँदी व्यवसायीको पक्षमा विभिन्न निर्णयहरु गर्ने नेपाल सुनचाँदी ब्यबसायी संघ कास्कीका सदस्य राजकुमार  घिमिरेले जानकारी दिए ।


प्रतिक्रिया

सम्बन्धित समाचार