मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

चौथो कार्याकाल सम्हालेका पौडेलले भनेः सेयर बजार सन्तुलित रुपमा अघि बढ्छ

Ujyalosandeshonline 11540+ समाचार ( )
३२ असार २०८१, सोमबार

काठमाडौं । नवनियुक्त उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले विकास वित्तमा भएका अभावहरूको समस्या समाधान गर्ने बताएका छन् ।  सोमबार मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उनले अर्थमन्त्रालयको पदभार ग्रहण गर्दै यस्तो बताएका हुन् । 

उनले भने, ‘अहिले अर्थतन्त्र तथा सार्वजनिक वित्तमा समस्याहरू छन् । सबैसँग सहकार्य गरेर समाधान गर्नुपर्छ । अर्थतन्त्रका समस्या समाधान गर्न सरकार अभिभावकका रुपमा अघि बढ्छ । त्यसैले मैंले विकास र वित्तका नयाँ विकल्प खोज्न अध्ययन समिति बनाउने पहिलो निर्णयमा हस्ताक्षर गरेको छु ।’

साथै उनले सेयर बजारलाई अर्थतन्त्रको ऐनाका रुपमा हेरेर सन्तुलित ढंगले अगाडि बढाउने बताए । उनले सरकारको कार्यक्रम लागू गर्ने क्रममा बजेट बाधक नबन्ने पनि बताएका छन् । 

पौडेलले निजी क्षेत्रको आत्मविश्वास बढाउने गरी सरकारले आफ्ना काम अघि बढाउने बताए । अर्थमन्त्रीका रुपमा पौडेलको यो चौथो कार्याकाल हो । उपप्रधानमन्त्रीका रुपमा तेस्रो कार्यकाल हो । उनी प्रतिनिधिसभा निर्वाचन २०७९ मा रुपन्देही निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार