मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान

Ujyalosandeshonline 12431+ समाचार ( )
३० भाद्र २०८३, मङ्गलबार

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत आगामी असोज ३ र ४ गते हुने वडा अधिवेशनमा कुनै अलमलमा नपरी उत्साहका साथ सहभागी हुन सम्पूर्ण क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान गर्नुभएको छ ।

सभापति थापाले आज विज्ञप्ती जारी गर्दै नेपालको संविधान, नेपाली कांग्रेसको विधान र प्रचलित कानुनबमोजिम हुन लागेको महाधिवेशनमा सबैको सहभागिता सुनिश्चित गर्न पार्टीले अधिकतम प्रयास गर्दै आएको उल्लेख गर्नुभएको छ । उहाँले लोकतन्त्रमा फरक मत हुनु स्वाभाविक रहेको भन्दै पार्टीभित्रका आन्तरिक मतभेद र असमझदारीलाई संवाद, विधि तथा पद्धतिबाट समाधान खोज्नु लोकतन्त्रको सुन्दर पक्ष भएको बताउनुभयो । कांग्रेसमा फरक मतलाई स्वीकार गर्दै विधि र पद्धतिका आधारमा समाधान खोज्ने परम्परा रहँदै आएको उहाँले बताउनुभयो ।

सभापति थापाले वर्तमान कार्यसमितिले पटकपटक संवादमार्फत सहमतिका सबै विकल्प स्वीकार गरी सबैलाई महाधिवेशन प्रक्रियामा सहभागी गराउने प्रयास गरेको उल्लेख गर्नुभयो । उहाँले पार्टीका अग्रज नेता, विभिन्न तहका पदाधिकारी तथा सदस्यबाट प्राप्त सुझावलाई ध्यानमा राखी २०८२ पुससम्म नवीकरण भएका सबै क्रियाशील सदस्यलाई अधिवेशन प्रक्रियामा सहज सहभागिता गराउने निर्णय गरिएको बताउनुभयो ।

सभापति थापाले विशेष महाधिवेशन सम्पन्न हुनुअघिको केन्द्रीय कार्यसमितिका तत्कालीन पदाधिकारी तथा सदस्यलाई वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यका रूपमा समावेश गर्ने निर्णय यही भदौ २८ गतेको कार्यसम्पादन समितिको बैठकले गरिसकेको भन्दै तत्कालीन केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य  १५औँ महाधिवेशन प्रक्रियामा केन्द्रीय सदस्यका रूपमा सहभागी हुनसक्ने स्पष्ट पार्नुभयो । उहाँले महाधिवेशन मार्फत सामूहिक प्रयासबाट पार्टीलाई एकताबद्ध र गतिशील बनाउँदै राष्ट्रका चुनौती सामना गर्नसक्ने बलियो कांग्रेस निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

सभापति थापाले वडा तहदेखि केन्द्रसम्मको महाधिवेशन अभियानमा उच्च मनोबलका साथ सहभागी हुन सम्पूर्ण कांग्रेसजनलाई आग्रह गर्नुभएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुन लागेको छ । सभापति थापाले पार्टीका सबै तहका कार्यसमिति, पदाधिकारी, सदस्य, समर्थक तथा शुभेच्छुकलाई पार्टीको बृहत्तर हितलाई ध्यानमा राखी सौहार्दपूर्ण र हार्दिक वातावरणमा सबैलाई सहभागी गराएर महाधिवेशन सम्पन्न गर्न अपिल गर्नुभएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार