मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

शिक्षालाई व्यावसायिक र रोजगारमुखी बनाउनुपर्ने : मुख्यमन्त्री लामा

Ujyalosandeshonline 11564+ समाचार ( )
१२ पौष २०८१, शुक्रबार

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले व्यवसायिक शिक्षा आजको आवश्यकता भएको बताएका छन् । 

शुक्रबार हेटौंडास्थित मकवानपुर बहुमुखी क्याम्पसमा स्थापना भएको वीजनस ईन्कुवेसन सेन्टरको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले समय अनुकूल गुणस्तरीय, व्यवहारिक र व्यवसायिक शिक्षालाई अंगाल्नुपर्ने अनिवार्य आवश्यकता रहेको बताएका हुन् ।

मुख्यमन्त्री लामाले वर्तमान समयमा परम्परागत शैलीमा दिइएको ज्ञानले अर्थ नराख्ने भन्दै शिक्षालाई समय अनुसार परिवर्तन गरी व्यावसायिक र रोजगारमुखी बनाउनुपर्ने धारणा राखे । 

उनले व्यक्तिले आर्जन गरेको ज्ञानको उपयोग गरेर पेट पाल्न सक्ने स्थिति बनाउने व्यावहारिक शिक्षा आजको आवश्यकता भएको भन्दै यस सेन्टरले व्यवसायिक जनशक्ति उत्पादन गर्ने र विद्यार्थीहरू लाभान्वित हुने विश्वास व्यक्त गरे । उनले व्यवसायिक जनशक्ति उत्पादनको क्षेत्रमा प्रदेश सरकार लगानी गर्न तयार रहेको समेत बताए । 

कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री एवम् क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष डोरमणि पौडेलले नेपालमा केही गर्न सकिन्न, केही छैन भन्ने सोँच बदल्न जरुरी रहेको बताए । 

क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको लागि क्याम्पसमै सीप सिकाई आत्मनिर्भर बनाउने तथा रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको सेन्टरले व्यवसायिक जनशक्ति उत्पादन गरि देशमै बसेर केही गर्न सक्छौँ भन्ने सोचको विकास गर्ने विश्वास व्यक्त गरे । 

कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख एम सिलवालले विद्यार्थीमा पढाइसँगै सीप र रोजगारीको सृजना गर्ने, क्षमता अभिवृद्धिसँगै रोजगारी सृजना गर्ने, रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यका साथ ईक्युवेसन सेन्टर सञ्चालन गरिएको बताए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक समितिका उपाध्यक्ष अशोक शाक्यलगायत सदस्यहरु, शिक्षक, विद्यार्थीलगायत क्याम्पसका कर्मचारीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार