मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

‘मुलुकमा नीतिगत भ्रष्टाचार भइरहेको छ’

Ujyalosandeshonline 11540+ समाचार ( )
२३ चैत्र २०८०, शुक्रबार

काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले मुलुकमा नीतिगत भ्रटाचार भइरहेको बताएकी छिन् । शुक्रबार राजधानीमा आयोजित ‘नेपालको अर्थतन्त्रको यथार्थ स्थिति र सम्भाव्य कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख मगरले सांसद र मन्त्रीहरुबाटै नै नीतिगत भ्रष्टाचार भइरहेको बताइन् । 

नेताहरुले गाडी मर्मतका नाममा समेत भ्रष्टाचार गर्ने गरेको उनको आरोप छ ।  उनले भनिन्, ‘बजेटमा भ्रष्टाचार गर्नको लागि अनेकौं जुक्ति लगाइरहेका छन् । नामै तोकेर त म भन्दिन । कति पटक गाडि मर्मतका नाममा भ्रष्टाचार गरिरहेका छन् । पुराना गाडि मर्मतका लागि प्रतिशतका हिसाबले दिएको छ नि त । अहिले मान्छेहरुले कताबाट आय हुन्छ भन्ने मात्र खोजे । यसरी पनि देश चल्छ ?’

भ्रष्टाचार मुक्त देश निर्माणका लागि सबै मिलेर सरकारमाथि भ्रष्टाचार नियन्त्रणका लागि दबाब बढाउनुपर्ने मगरको भनाइ थियो । अहिलेको अवस्थामा दैनीक तीन हजार युवाहरु विदेशीरहेको उल्लेख गर्दै उनले युवा पलायन रोक्न व्यवसायीहरुसँग सहकार्य गरि स्वदेशमै केही गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताइन् । 

उनले भनिन्,‘ अहिले दैनिक तीन हजारभन्दा बढी युवाहरु विदेशीदै छन् । उहाँहरुलाई रोक्न व्यापारीहरुसँग सहकार्य गरि स्वदेशमै बस्ने वातावरण मिलाउनुपर्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार