मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

नेपाल बार एशोसिएसनले राष्ट्रिय सम्मेलन गर्ने

Ujyalosandeshonline 11564+ समाचार ( )
३ जेठ २०८१, बिहीबार

काठमाडौं । नेपाल बार एशोसिएसनले १६ औं अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन गर्ने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै आउँदो जेठ ४, ५ र ६ गते प्रज्ञा प्रतिष्ठान कमलादीमा उक्त सम्मेलन आयोजना हुन गइरहेको जानकारी गराइएको हो । 

‘सक्षम कानून व्यवसायी, मर्यादित बार ः न्यायपालिकाको पुनःसंरचना, लोकतन्त्र सुदृढिकरणको आधार’ भन्ने नारासहित १६औं अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन आयोजना हुन लागेको नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बताए । 

चितवनमा भएको नेपाल बारको कार्यकारिणी समितिको प्रतिवेदनले उच्च अदालतलाई महत्वपूर्ण इजलासको रुपमा स्थापित गर्नुपर्ने औंल्याएको बताउँदै घिमिरेले संवैधानिक इजलास दैनिक रुपमा चल्नुपर्ने बताए । 

उनले भने, ‘चितवनमा बसेको बारको कार्यकारिणी बैठकले संवैधानिक इजलास दैनिक रुपमा चल्नुपर्ने औंल्याएका छ । संवैधानिक इजलासमा मुद्दाहरुको चाङ रहेका कारण इजलासमाथि नै प्रश्नहरु उठिरहेका छन् ।’

सर्वोच्च अदालतको संवैधानिक इजलासमा निर्वाचनसम्बन्धि मुद्दाहरु रहेको बताउँदै उनले यस्ता मुद्दाहरु अन्य बेन्चलाई दिएर संवैधानिक इजलासले तीन तहको सरकारका अनियमितता सम्बन्धी मुद्दाहरु हेर्नुपर्ने बताए । 

त्यस्तै, बारकी महासचिव अन्जिता खनालले विज्ञाप्ति जारी गर्दै कानूनको अध्ययन तथा अनुसन्धानमा स्थापित निकायहरुको तर्फबाट समेत सम्मेलनमा कार्यपत्र प्रस्तुत हुने हुँदा न्याय प्रणालीमा सम्मेलनले ठुलो भूमिका खेल्ने उल्लेख गरेकी छिन् । 

‘१६ औं अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन २०८१ साल जेठ ४, ५ र ६ गतेका दिन नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौमा सम्पन्न गर्ने निर्णय गरेको व्यहोरा जानकारी गराउन पाउँदा हामी हर्षित छौं । सम्मेलनमा तय गरिएका विविध विषयमा कानुन व्यवसायीहरुले आफ्नो कार्यपत्र प्रस्तुत भई सो उपर गहन छलफल हुने र कानूनको अध्ययन तथा अनुसन्धानमा स्थापित निकायहरुको तर्फबाट समेत सम्मेलनमा कार्यपत्र प्रस्तुत हुने कार्यक्रम रहेको छ,’विज्ञप्तिमा उल्लेख छ ।

नेपाल बार एशोसियसनको केन्द्रीय कार्यकारिणी परिषद्को बैठकबाट सर्वोच्च अदालतका न्यायाधीशको पदावधिको सम्बन्धमा एक अध्ययन समिति गठन गरी सो सम्बन्धी निर्णय लिनका लागि बारको राष्ट्रिय सम्मेलनमा प्रस्ताव पेश समेत गरिने छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार