मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

‘रोजगारी सिर्जना र आयआर्जन बढाउने काममा प्रोत्साहन गर्छौं’

Ujyalosandeshonline 11564+ समाचार ( )
२० माघ २०८०, शनिबार

झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले स्थानीयस्तरमा आर्थिक गतिविधि बढाउने, रोजगारी सिर्जना गर्ने साथै आय आर्जन वृद्धि हुने कामलाई प्रोत्साहन गर्ने बताएका छन् ।

झापाको शिवसताक्षी गाउँपालिका–३ पाराबारीमा मुख्यमन्त्रीसँग योजना र विकाससम्वन्धी जनता संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

मुख्यमन्त्रीसम्म वडामात्रै नभई टोलटोल र घरघरका सदस्यहरूको समेत पहुँच हुनुपर्ने मान्यताका साथ जनतासँगको संवाद कार्यक्रममा प्राथमिकताका साथ उपस्थित भएको बताए ।

‘यसअघि प्रदेश सरकारका एक मन्त्रीले सेकुवा हाउसको उद्घाटन गरेको भन्दै आलोचना भइरहेको हेर्दा अचम्म लागेको छ,’ उनले भने, ‘सेकुवा हाउस सञ्चालनले स्थानीयस्तरमा आर्थिक गतिविधि, रोजगारी सृजनाका साथै आय आर्जन वृद्धि हुने कामलाई प्रदेश सरकारले प्रोत्साहन गर्नु अपराध हो ? प्रदेश सरकारले प्रदेशवासीले गर्ने हरेक रोजगारी र आय आर्जन हुने कामको प्रोत्साहन गर्छ ।’

लोककल्याणकारी प्रदेश निर्माणका लागि भौतिक विकासलाई भन्दा मानवीय विकासलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम अघि बढाएको मुख्यमन्त्री कार्कीले बताए ।

‘प्रदेशभरिका गाउँ र टोलका मन्दर, सामुदायिक भवन, साना सडकलगायतका २५ लाखमुनिका योजना काटेर १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार, शैलजाल आचार्य हृदयरोग केन्द्र विराटनगरको सञ्चालन जस्ता काम गरेको छु,’ उनले भने, ‘आर्थिक अभावमा उच्चशिक्षा चिकित्सक, इञ्जिनियर, वकिल, विज्ञान, व्यवस्थापन र प्रत्येक पालिकाका एक जनालाई पशु र एक जनालाई कृषि प्राविधिक अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरेको छु, के त्यो अपराध भयो ?’

आफ्ना बालबालिकालाई भोकै छाडेर समुदायभरिका छोराछोरीलाई खोप खुवाउनुका साथै स्वास्थ्य सेवा दिने महिला स्वास्थ्य स्वयम् सेविकालाई सम्मान तथा प्रोत्साहन, ऋण लिएर जग्गा खरिद गर्ने सुकुम्वासीलाई ब्याज अनुदान जस्ता कार्यक्रम हुनेखाने वर्गलाई लक्षित योजना काटेर ल्याएको मुख्यमन्त्री कार्कीले बताए ।

मुख्यमन्त्री कार्कीले पाथिभारा, बराह क्षेत्र, हलेसीमा गर्ने, वृद्ध बुवाआमालाई भारतको विभिन्न धार्मिक स्थलको दर्शनका लागि लग्ने तर आँगनको जुठेल्नामा मन्दिर बनाउने बजेटमा ल्याएइको योजना काटेर हलेसी, पाथिभरा र बराह क्षेत्रका लागि विनियोजन गरेको बताएका थिए ।

उक्त संवाद कार्यक्रममा प्रदेश सांसद राधाकृष्ण खनाल, शिवसताक्षी वडा ३ का वडा अध्यक्ष भास्कर न्यौपानेलगायतका स्थानीय नेता, कार्यकर्ता तथा स्थानीयवासीले प्रदेश सरकारले साना योजना कटौति गरेको भन्दै गुनासो पोखेका थिए । उक्त कार्यक्रममा स्थानीयवासीले आ–आफ्ना टोल, समुदायमा आवश्यक योजनाहरू लिखित रूपमा बुझाएका थिए । त्यस अवसरमा स्थानीय ६ जना महिला स्वास्थ्य स्वयमसेविकालाई साइकल वितरण गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार