मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

१० किलो गाँजासहित तीन भारतीय पक्राउ

Ujyalosandeshonline 11540+ समाचार ( )
२६ पौष २०८१, शुक्रबार

बारा । बाराको प्रसौनीबाट प्रहरीले १० किलो गाँजासहित तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको कुशीनगर, थाना पटेर्वा, ग्राम पंचायत जबरा बजार निवासी ३८ वर्षीय चालक धर्मेन्द्र गुप्ता, शिवान थाना नौतन, ग्राम पंचायत सेमरा निवासी ४८ वर्षीय चन्द्रभान कुशवाहा, र लखनऊ नगरपालिका, सरोजीनगर, ट्रान्सपोर्ट नगर निवासी ३२ वर्षीय चन्द्रभान श्रीवास्तव रहेका छन् ।

इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी निरीक्षक सुरेशराज भट्टको नेतृत्वमा खटिएको टोलीले प्रसौनी गाउँपालिका वडा नं. ५ स्थित प्रष्टोकाबाट बेलहिया जाँदै गरेको युपी ३२ बिएक्स ४७२६ नम्बरको भारतीय बोलेरो गाडीमा सेतो प्लास्टिकमा प्याक गरिएको गाँजा फेला परेको हो ।

प्रहरीले पक्राउ परेका व्यक्ति र गाँजासहितको बोलेरो गाडीलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारबाही प्रक्रिया अघि बढाएको छ।बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाका अनुसार पक्राउ परेका तीनैजनालाई बाराको जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार