सुशासन कायम गर्न कर्मचारीहरुको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

Ujyalosandeshonline 11144+ समाचार ( )
२० माघ २०८०, शनिबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको सुशासन,सामाजिक न्याय र समृद्धिको नारालाई साकार पार्न कर्मचारीहरुको सहयोग आवश्यक रहेको बताएका छन् ।

सुशासनको अभियानलाई पूर्णता दिन कर्मचारीहरुको सहयोग आवश्यक रहेको बताएका हुन् । उनले सुशासन कायम गर्ने सन्दर्भमा कर्मचारीको योगदान धेरै नै महत्वपूर्ण रहेको बताए ।

शनिबार माओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनको १६ औं स्थापना दिवसका अवसरमा आयोजित प्रशिक्षण कार्यक्रममा पुगेका प्रधानमन्त्री दाहालले सुशासनका लागि कर्मचारीको भूमिका महत्वपूर्ण रहेको बताए ।

व्यवस्थताका कारण प्रशिक्षणका लागि असमर्थ रहेको उल्लेख गरेका उनले संगठन राम्रो प्रगतिको बाटोमा रहेको सुन्न पाउँदा आफूलाई खुसी लागेको भन्दै सरकारको सुशासन, सामाजिक न्याय र संमृद्धिको नारालाई साकार पार्न सुशासन कायम गर्ने कुरामा संगठनको भूमिका र योगदान महत्वपूर्ण रहेको बताए ।

‘सुशासन कायम गर्ने कुरामा तपाईंहरुको योगदानको धेरै ठूलो महत्व छ । आउने दिनमा संस्थागत सहयोग प्राप्त हुने म विश्वास गर्छु,’उनले भने ।

कर्मचारीतन्त्र भित्र देखा परेका समस्या समाधानका लागि संगठनले सरकारलाई सहयोग गर्नुपर्नेमा जोड दिँदै दाहालले भने, ‘तपाईंहरुले सरकारलाई सुशासन कायम गर्ने कुरामा कर्मचारीतन्त्रभित्र देखा परेका समस्या समाधान गर्ने कुरामा अझ धेरै सहयोगको अपेक्षा गर्छु ।’

प्रतिक्रिया

सम्बन्धित समाचार