मुख्य समाचार
सशस्त्र प्रहरीद्वारा रुपन्देहीमा अवैध सामान बरामद : लत्ताकपडा र मोटरसाइकल नियन्त्रणमा | प्रहरीको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि पदयात्रा | लुम्बिनीका सबै स्थानीय तहमा बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गरिने | आज धनतेरससँगै नेपालीहरूको महान् पर्व तिहार सुरु | सशस्त्र प्रहरी महानिरीक्षक पौडेलद्वारा सीमा सुरक्षा र शान्ति व्यवस्थापनमा उच्च सतर्कता अपनाउन निर्देशन | सशस्त्र प्रहरीको नं. ३४ गणमा मानव अधिकार र सुशासनसम्बन्धी विशेष प्रशिक्षण | नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन: ‘नागरिकको जीउधनको सुरक्षामा कमजोरी नहोस्’ | भैरहवास्थित किराना पसलहरूमा बजार अनुगमन | रौतहटमा स्रोत नखुलेको ४४ लाखभन्दा बढी नगदसहित दुई जना पक्राउ | सीमा क्षेत्रमा तस्करी नियन्त्रणको दाबीबीच अवैध फर्सीको बीउ बरामद, सुरक्षा निकायमाथि प्रश्न |

सशस्त्र प्रहरीद्वारा रुपन्देहीमा अवैध सामान बरामद : लत्ताकपडा र मोटरसाइकल नियन्त्रणमा

Ujyalosandeshonline 12637+ समाचार ( )
२१ कार्तिक २०८३, शुक्रबार

भैरहवा । सशस्त्र प्रहरीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाबाट अवैध रूपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको साढे पाँच लाख रुपैयाँभन्दा बढी मूल्यको लत्ताकपडा र ढुवानीमा प्रयोग गरिएको मोटरसाइकल बरामद गरेको छ। जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं. १ बासपास इलाकाबाट उक्त सामान नियन्त्रणमा लिइएको हो। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर डण्डा, रुपन्देहीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक गोपी कृष्ण भट्टराईको नेतृत्वमा खटिएको टोलीले नियमित चेकजाँच गर्ने क्रममा उक्त अवैध सामान फेला पारेको हो।

सशस्त्र प्रहरीका अनुसार भारतबाट अवैध रूपमा नेपालतर्फ भित्र्याउँदै गरिएको अन्दाजी ४ लाख २ हजार ६ सय रुपैयाँ बराबरको लत्ताकपडा र सो सामान ओसार्न प्रयोग गरिएको नम्बर नखुलेको भारतीय मोटरसाइकल बरामद गरिएको छ। बरामद गरिएका लत्ताकपडा र मोटरसाइकलसहित कुल ५ लाख ५२ हजार ६ सय रुपैयाँ बराबरको सामान आवश्यक कारबाही तथा भन्सार बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार