‘फ्लोरा एक्स्पो’मा उत्साहजनक कारोबार

Ujyalosandeshonline 11144+ समाचार ( )
१४ कार्तिक २०८१, बुधवार

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ‘२५ औँ फ्लोरा एक्स्पो २०८०’ जारी छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सहआयोजनामा गत बिहीबारदेखि एक्स्पो सुरु भएको हो । एक्स्पोमा व्यावसायिक ७३ वटा स्टल रहेको फ्लोरिकल्चर तथा मेलाका संयोजक सिताराम पन्तले जानकारी दिएका छन् ।

मेलामा सहभागी भएका विभिन्न पुष्प व्यवसायीले उत्पादन गरेका फुल र बिरुवाका विधागत स्टल राखिएका छन्  । विगत वर्षमा झै यस वर्ष पनि मेलामा सहभागी भएका विभिन्न पुष्प व्यवसायीहरु द्वारा उत्पादित फूल बिरुवाहरुको विभिन्न विधाहरुमा उत्कृष्ट स्टल, उत्कृष्ट ल्याण्डस्केपिन्न, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट आलंकारिक फूल्ने बिरुवा, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट कट फ्लावर (गुलाब, जरबेरा र कार्नेशन) प्रतिस्पर्धा गराइएको छ ।

एक्स्पोमा ५० रुपियाँदेखि १ लाख २० हजार मूल्य पर्ने फुल तथा बिरुवा विक्री वितरण लागि राखिएको छन् । एक्स्पोमा न्यदरल्याड, चाइना र इडियाबाट फुलका विरुवा ल्याइएको छ । गत वर्षका फूल मेलाको तुलनामा यस वर्ष पुष्प व्यापारमा उत्साह देखिएकोे व्यवसायीहरुले बताएका छन् । शनिबार बाहेकका दिन ६० देखि ९० हजारसम्मको फलफूल तथा जडिबुटिहरु विक्री भइरहेको बताइएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार