मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

‘कृषि क्षेत्रमा नयाँ मोडलबाट काम गर्न आवश्यक’

Ujyalosandeshonline 11540+ समाचार ( )
१२ वैशाख २०८१, बुधवार

काठमाडौं । कृषि तथा पशुपंछी विकासमन्त्री ज्वालाकुमारी साहले, कृषि क्षेत्रमा नयाँ मोडलबाट काम गर्न आवश्यक रहेको बताएकी छिन् ।

बुधबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘सबै प्रकारका कृषकहरुलाई कृषि मिटर जडान गरी सहुलियत बिद्युत महशुल सुबिधा उपलब्ध गराउने सम्बन्धी समितिको मिति २०८० असोज २४ को निणर्य कार्यान्वयन’का विषयमा भएको छलफलमा उनले, कृषिमा पुरानै तरीकाको कर्मकाण्डीलाई छोडेर अर्थतन्त्र, राज्य र जनता पनि मजबुद हुने गरी नयाँ मोडलबाट काम गर्न आवश्यक रहेको बताएकी हुन् ।

उनले भनिन्, ‘कृषिमा हामी पुरानै कर्मकाण्डी जस्तो पनि होइन् । हामीले पुरानै यथास्थितिमा भन्दा पनि एउटा नयाँ मोडलमा हामीले काम गर्नुपर्छ । ताकि एउटा अर्थतन्त्र पनि मजबुद होस् , राज्य पनि मजबुद होस् र आम जनतामा एउटा खुसीयाली होस् भन्ने खालको कार्यक्रम हामीले लानुपर्छ । अजुगमनको खाँचो छ । अनुगमन नगरी अब सुःख छैन् ।’

उनले सरकारले चैते धानलाई पनि बढवा दिने काममा जुटिरहेको पनि जानकारी दिइन् । नेपाललाई चामलमा आत्मानिर्भर बनाउनको लागि चैते धानलाई बढवा दिने काममा यस वर्षदेखि नै लागि परेको उनले बताइन् ।

उनले भनिन्,‘चैते धानलाई पनि बढवा दिने काम गरिरहेका छौं । हामी चैते धानमा आत्मानिर्भर हुने गरी र चामलमा कम्तीमा नेपाल आत्मानिर्भर भयो भन्ने खालको सन्देश दिनको लागि हामी यस वर्ष देखि नै केही न केही सुरु गराउँदै छौं ।’

कृषि मन्त्रालय अगाडि बढ्यो भने मात्र देश अगाडि बढ्ने उनको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार