मुख्य समाचार
तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन | किसानको माग अनुसार अनुदानमा धानको बीउ उपलब्ध गराउन सकिदै : पोखरा महानगर | पाथीभरा | भैरहवाको रोयल कालिङ्गा क्यासिनोमा प्रहरीको छापा: म्यानेजरसहित १९ नेपाली नागरिक पक्राउ | निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल | स्वास्थ्य मन्त्रालयका एक सय त्रियानब्बे पदाधिकारी पदमुक्त | निजामती ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज, सरकारी सम्पत्ति फिर्ता गर्न आग्रह | मर्चवारका चोक र नहरमा फोहोरको डंगुर: महामारीको जोखिम बढ्दै, सिँचाइ प्रणाली नै संकटमा | स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै | मनाङको चामे बजार |

मधेश प्रदेश उर्जा मन्त्रालयले सुक्खाग्रस्त क्षेत्रमा राहत दिने

Ujyalosandeshonline 11187+ समाचार ( )
१५ श्रावण २०८२, बुधवार

जनकपुर । मधेश प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयले सुक्खाग्रस्त क्षेत्रका अति जोखिमयुक्त समुदायलाई राहत दिनेसहित आठबुँदे निर्णय गरेको छ । मन्त्रालयका निमित्त सचिव रामकुमार खंगको अध्यक्षतामा मन्त्रालयअन्तर्गतका विकास साझेदार र विषयगत क्षेत्रका प्रतिनिधिसहित बसेको बैठकले विभिन्न आठबुँदे निर्णय गरेको हो ।

बैठकले दुई दिनभित्र विकास साझेदारको क्षमता र कार्य क्षेत्रको नक्शाङ्कन गरी समितिमा पेश गर्ने, अति जोखिममा परेका समुदाय र परिवारको पहिचान गरी तत्काल राहत दिने, पालिका तथा जिल्ला विपद् व्यवस्थापन समितिसँग सहकार्य एवम् समन्वयमा आवश्यक कार्य गर्ने निर्णय गरेको छ ।

यस्तै, डिप बोरिङ तथा स्यालो ट्युबवेल जडान गर्नुपर्ने आवश्यकता भए दोहोरोपना नहुनेगरी प्राथमिकता दिने र त्यसका लागि विपद् व्यवस्थापन समितिसँग समन्वय गर्ने, वैकल्पिक कृषिको प्रवद्र्धनमा निजी, विकास साझेदार तथा सरकारको दीर्घकालीन योजना सञ्चालनमा जोड दिने निर्णय भएको छ ।

साथै चुरे संरक्षण तथा प्रवद्र्धनमा जोड दिने, सात दिनभित्र सुक्खाग्रस्त क्षेत्रको विपद् व्यवस्थापन तथा प्रतिकार्य योजना तयार गरी समितिमा पेश गर्नेलगायत निर्णय भएका निमित्त सचिव खंगले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार