मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

बिर्तामोडमा दशै महोत्सब तथा जुत्ता चप्पल मेला आयोजना हुदैँ

Ujyalosandeshonline 11540+ समाचार ( )
२५ भाद्र २०८१, मङ्गलबार

झापा । झापाको बिर्तामोडमा भदौ ५ गतेदेखि दोस्रो जुत्ता चप्पल मेला सञ्चालन हुने भएको छ । गत बर्ष आयोजना गरेको मेला अवलोकनकर्ताको उत्साहजनक सहभागिता भएपछि आयोजकले यसबर्षपनि मेला आयोजना गर्न लागेको हो । बिर्तामोडको सिटी सेन्टरमा सञ्चालन हुने मेलामा नेपालका ५ वटा कम्पनीको ३ हजार मोडलका जुत्ता चप्पल बिक्रीका लागि राखिने भएको छ । 

बिर्तामोड सिटी सेन्टरले आयोजना गर्ने मेलाको सह–आयोजक बिर्तामोड नेपाली जुत्ता घरको रहने पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ । ‘नेपाली उत्पादनको प्रवद्र्धन, हाम्रो अभियान’ भन्ने नारासहित आयोजना हुने मेलामा बीएफ डियर हिल, फस्ट वाक सुज, रन सुज, स्मार्ट सुज र क्रस रोड सुज गरि ५ वटा कम्पनीको २५ वटा स्टल रहने मेला संयोजक होमनाथ उपाध्यायले जानकारी दिए ।

मेलामा चाडपर्व लक्षित क्याजुअल सुज, स्पोर्टस सुज, पार्टी सुज, स्कुल सुज, फुटबल सुज, फुटसल सुज तथा बच्चाका सुजहरु उपलब्ध हुने उनले बताए ।

एक महिनासम्म  सञ्चालन हुने मेलामा १ लाख अवलोकनकर्ता आउने तथा २ करोड रकम बराबरको कारोबार हुने अपेक्षा आयोजकको रहेको छ । ती कम्पनीको संलग्नतामा भएको मेला यो दोस्रो हो । यसअघि गतबर्ष पुस ९ गतेदेखि माघ १५ गतेसम्म महोत्सव आयोजना भएको थियो ।

मेलामा १५ देखि ५० प्रतिशतसम्म छुट दिने तयारी रहेको आयोजकले जनाएको छ । यसका अतिरिक्त खरिदकर्तालाई विशेष उपहार दिने गरि तयारी गरिरहेको उपाध्यायले जानकारी दिए । खस्कदो व्यवसायलाई केहि हदसम्म उठाउन मेला आयोजना गरिएको सिटी सेन्टरका सञ्चालक दिपेन्द्र राउतले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार