मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

शिक्षा समितिमा बालविकास शिक्षाको विषयमा सहमति

Ujyalosandeshonline 11564+ समाचार ( )
१३ असार २०८२, शुक्रबार

काठमाडौँ ।शिक्षा, स्वास्थ्यतथा सूचना प्रविधि समिति समितिमा बालविकास शिक्षाको विषयमा सहमति जुटेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिको बैठकमा सभापति अम्मरबहादुर थापाले बालविकास शिक्षाको विषयमा प्रस्ताव गरेका थिए ।

समिति सदस्यहरूले उक्त विषयमा सहमति जनाए सँगै शिक्षालाई आधारभूत शिक्षामा समेटिएको हो ।बालविकास शिक्षा सार्वजनिक विद्यालयमा दुई वर्ष भन्दा बढीको सञ्चालन गर्न नपाउने गरी सहमति जुटेको हो । 

यस्तो छ सहमति :

१.स्थानीयतहले राष्ट्रिय मापदण्डको अधीनमा रही बालविकासमा सिकाइ प्रति उत्सुकता र सकारात्मक सोचको विकास गर्न विद्यालयमा प्रारम्भिक बालविकास केन्द्र सञ्चालन गर्न अनुमति दिन सक्नेछ । ऐन प्रारम्भिक हुनुअघि सञ्चालनमा रहेका प्रारम्भिक बालविकास केन्द्रलाई सम्बन्धित स्थानीयतहले प्रत्येक विद्यालयमा कम्तीमा एउटा रहने गरी समायोजन तथा पुनवितरण गर्न सक्नेछ । 

२. स्रोतको सुनिश्चितता गरी नेपाल सरकारले तोकेको मितिदेखि लागू हुनेगरी सार्वजनिक विद्यालयमा प्रारम्भिक बालविकास तथा शिक्षालाई दुई वर्षे कार्यक्रमको रूपमा सञ्चालन गर्न सक्नेछ । 

३. कुनै पनि विद्यालयले पूर्व प्राथमिक शिक्षालाई २ वर्षभन्दा बढी अवधि हुने गरी सञ्चालन गर्न पाउने छैन । 

४. हाल कार्यरत प्रारम्भिक बालविकास तथा शिक्षामा बालविकास सहजकर्तालाई खुला प्रतियोगिताबाट हुने परीक्षामा पहिलो पटक सहभागी हुन उमेरको हद लाग्ने छैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार